Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

नारायणी आयल रिफाईनरीद्वारा एडभान्स हस्पिटललाई भेन्टिलेटर सहयाेग

spot_img
spot_img

वीरगंज । नारायणी आयल रिफाईनरी उधाेग प्रा.लि. वीरगंजले एडभान्स मेडिकेयर हस्पिटल वीरगंजलाई एक थान भेन्टिलेटर सहयाेग गरेकाे छ ।

उद्याेगका संचालक सजन कुमार चाचानले हस्पिटलका प्रबन्ध संचालक जनार्दन सिंह क्षेत्रीलाई साेमबार एक कार्यक्रमका बिच साे भेन्टिलेर हस्तान्तरण गरेका हुन् ।

कर्पाेरेट समाजिक उत्तरदायित्व  काेषबाट सहयाेग स्वरुप रु ८ लाख ८० हजार मुल्य पर्ने भेन्टिलेटर सहयाेग गरिएकाे उद्याेगका संचालक चाचानले वताए ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा बाेल्दै अस्पतालका प्रबन्ध संचालक सिंहले एडभान्स हस्पिटल नाफा कमाउन संस्था नभई सेवा गर्ने मुलक संस्था भएकाे वताए । उनले समाजिक उत्तरदायित्वलाई बहन गर्दै हस्पिटललाई भेन्टिलेटर सहयाेग गर्ने उद्याेगलाई धन्यावाद समेत व्यक्त गरे ।

सिंह कै अध्यक्षतामा भएकाे कार्यक्रममा हस्पिटलका संचालक नरेन्द्र कुमार साह, सुमन कुमार क्याल, नारायणी आयल रिफाईनरी उधाेगका संचालक समिति सदस्य सतीश कुमार चाचान, सुभांसु कुमार चाचान, व्यवस्थापक नवलकिशाेर यादव, डा. उदय नारायण सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...