Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

नारायणी आयल रिफाईनरीद्वारा एडभान्स हस्पिटललाई भेन्टिलेटर सहयाेग

spot_img
spot_img

वीरगंज । नारायणी आयल रिफाईनरी उधाेग प्रा.लि. वीरगंजले एडभान्स मेडिकेयर हस्पिटल वीरगंजलाई एक थान भेन्टिलेटर सहयाेग गरेकाे छ ।

उद्याेगका संचालक सजन कुमार चाचानले हस्पिटलका प्रबन्ध संचालक जनार्दन सिंह क्षेत्रीलाई साेमबार एक कार्यक्रमका बिच साे भेन्टिलेर हस्तान्तरण गरेका हुन् ।

कर्पाेरेट समाजिक उत्तरदायित्व  काेषबाट सहयाेग स्वरुप रु ८ लाख ८० हजार मुल्य पर्ने भेन्टिलेटर सहयाेग गरिएकाे उद्याेगका संचालक चाचानले वताए ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा बाेल्दै अस्पतालका प्रबन्ध संचालक सिंहले एडभान्स हस्पिटल नाफा कमाउन संस्था नभई सेवा गर्ने मुलक संस्था भएकाे वताए । उनले समाजिक उत्तरदायित्वलाई बहन गर्दै हस्पिटललाई भेन्टिलेटर सहयाेग गर्ने उद्याेगलाई धन्यावाद समेत व्यक्त गरे ।

सिंह कै अध्यक्षतामा भएकाे कार्यक्रममा हस्पिटलका संचालक नरेन्द्र कुमार साह, सुमन कुमार क्याल, नारायणी आयल रिफाईनरी उधाेगका संचालक समिति सदस्य सतीश कुमार चाचान, सुभांसु कुमार चाचान, व्यवस्थापक नवलकिशाेर यादव, डा. उदय नारायण सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...