Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

प्रदेश व्यापी वृक्षारोपण अभियान वीरगन्जमा पनि शुरु

spot_img
spot_img
वीरगंज । रुख रोपौं, वन जोगाऔं भन्ने नाराका साथ डिभिजन वन कार्यालय पर्साले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रदेश व्यापी वृक्षारोपण अभियान कार्यक्रम अन्तर्गत पर्सामा पनि वृक्षारोपण अभियान शुरु गरेकाे छ ।
 
वीरगन्जको श्रीसियामा रहेको एकीकृत जाँच चौकी (आईसिपी) को मुख्य ६ लेनको सडकको बिच खाली ठाउँमा प्रदेश २ का सिचाई तथा उर्जा मन्त्री ओम प्रकाश शर्माले वृक्षारोपण गरी अभियानको उद्घाटन गरेका हुन ।
 
वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दे उर्जा मन्त्री शर्माले बढदो सवारी चाप र वन विनाशले गर्दा वातावरण नै प्रदुषित भई मानिसको स्वास्थ्यमा असर पर्न लाथेको भन्दै स्वास्थ्य वातावरण र मानिसको जिवन रक्षाको निम्ती पनि वृक्षारोपण अहिलेको अपरिहार्य नै रहेको बताए ।
 
उनले भने, “वृक्षारोपण मात्र समस्या समाधान हुँदैन, यसको दिर्घकालिन संरक्षणको पनि ग्यारेन्टी हुनुपर्छ । सम्बन्धीत निकाय सहित स्थानियले पनि यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेकाे छ ।”
 
वातावरण प्रदुषण मुक्त बनाउँन निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण हुनुपर्छ र यसको लागि आवश्यक सहयोग चाहिएमा आफू सहयोग गर्न तयार रहेको उनले बताए ।
 
कार्यक्रममा डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मियाँले प्रदेश २ मा ४ प्रतिशत मात्र वनजंगल रहेको बताए । वन कटान तथा अवैध चोरी निकासीले दिनप्रतिदिन वन विनाष हुँदै गएका कारण जलवायु परिर्वतन हुन थालेको स्मरण गराउँदे उनले सबै ठाउँमा वृक्षारोपन गर्न जुरुरीरहेको औल्याए ।
 
राष्ट्रिय गौरवको आयोजनाले गर्दा पनि वन कटान बढेको छ, यसलाई व्यवस्थित रुपमा मिलाउँन आवश्यक छ, उनले भने, ‘ अहिलेको आवश्यकता पुर्तीको लागि नै असार १४ गतेदेखि २० गतेसम्म प्रदेश सरकारले प्रदेश व्यापी वृक्षारोपण अभियान नै चलाएको छ ।
प्रदेश २ व्यापरी वृक्षारोपण अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन श्रीसिया एकिकृत चेकजाँच चौकी (आईसिपी) को मुख्य सडकको खाली ठाउँमा ट्रि गार्ड सहित २५१ थान विभिन्न परिजातिका वृक्षारोपण शुरुवात गरिएको वनअधिकृत रेयाज अहमद अंसारीले बताए ।
 
कपुर, कलंकी फुल, गोल मोहर, ईरीका पाल, वोतल पाम, कलंकी फुल लगायतको विरुवा रोपिएको छ । रोपिएको विरुवाको संरक्षण वन कार्यालय र आईसिपी कार्यालयले लिने सम्झौता समेत भएको वन अधिकृत अंसारीले बताए ।
 
डिभिजन कार्यालय पर्साले पनि यस आर्थिक बर्षमा ९२ हेक्टर वनको जग्गामा वृक्षारोपण गरिरहेको उनले बताए ।
 
उनले, सवैया साझेदारीमा २० हेक्टर, जिल्ला वन पैदावर आपुर्ती समितिमा १२ हेक्टर र मानवामा अतिक्रमित जग्गा खाली गराई तारवार सहित ६० हेक्टरमा वृक्षारोपण कार्यक्रम भईरहेको बताए ।
 
वृक्षारोपण कार्यक्रमको उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रहरी उपरिक्षक वेल बहादुर पाण्डे, साझेदारी वन महासंघका जिल्ला अध्यक्ष श्याम पटेल, नेपाली काँग्रेसका नेता रामरुप कुर्मी, सवैया साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष लखनलाल साह कानु, नेका नेता सन्जु क्षतकुली, नेवि संघका सुधिर पटेल लगायतको सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...