Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगञ्ज महानगरपालिकाकाे वडा नं १० पुर्ण खोप वडा घोषणा

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाकाे वडा नं‍. १० आइतबार पुर्ण खोप वडा घोषणा गरिएकाे छ।  वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले एक कार्यक्रमका बिच वडालाई पुर्ण खोप वडा घोषणा गरेका हुन् ।

घाेषणा सभाका प्रमुख अतिथी समेर रहेकाे मेयर सरावगीले वडा नं १० पुर्ण रुपले बालबालिकालाई खोप लागि सकेकोले अब खोप सम्बन्धि रोग बालबालिकामा नलाग्ने विश्वास व्यक्त गरे ।

महानगरपालिकाबाट वडा नम्बर १० मै निर्माण गरिएको आधारभुत स्वास्थ्य केन्द्रको पनि मेयर सरावगीले उद्घाटन गरेका थिए ।

वडा नं १० का वडाध्यक्ष रामनगिना प्रसाद कानुको सभापतित्वमा भएकाे पुर्ण खोप वडा घोषणा कार्यक्रम महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतो, अनिल कुमार सिंह, रितेश जैसवाल, कार्यपालिका सदस्यहरु सुसिल साह, अरबिन्द प्रसाद साह,  प्रभु महतो, संतोष देबी खतिवडा, उर्मिला बैठा, वडा सचिव रुपनारायण मिश्र, शिवपार्वती अतिथि सदनका अध्यक्ष परमानन्द साह कानु, वीरगञ्ज महानगरपालिका वडा नं १० का आमा समूहका अध्यक्ष श्रीमताी रुपा देबी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...