Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगञ्ज महानगरपालिकाकाे वडा नं १० पुर्ण खोप वडा घोषणा

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाकाे वडा नं‍. १० आइतबार पुर्ण खोप वडा घोषणा गरिएकाे छ।  वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले एक कार्यक्रमका बिच वडालाई पुर्ण खोप वडा घोषणा गरेका हुन् ।

घाेषणा सभाका प्रमुख अतिथी समेर रहेकाे मेयर सरावगीले वडा नं १० पुर्ण रुपले बालबालिकालाई खोप लागि सकेकोले अब खोप सम्बन्धि रोग बालबालिकामा नलाग्ने विश्वास व्यक्त गरे ।

महानगरपालिकाबाट वडा नम्बर १० मै निर्माण गरिएको आधारभुत स्वास्थ्य केन्द्रको पनि मेयर सरावगीले उद्घाटन गरेका थिए ।

वडा नं १० का वडाध्यक्ष रामनगिना प्रसाद कानुको सभापतित्वमा भएकाे पुर्ण खोप वडा घोषणा कार्यक्रम महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतो, अनिल कुमार सिंह, रितेश जैसवाल, कार्यपालिका सदस्यहरु सुसिल साह, अरबिन्द प्रसाद साह,  प्रभु महतो, संतोष देबी खतिवडा, उर्मिला बैठा, वडा सचिव रुपनारायण मिश्र, शिवपार्वती अतिथि सदनका अध्यक्ष परमानन्द साह कानु, वीरगञ्ज महानगरपालिका वडा नं १० का आमा समूहका अध्यक्ष श्रीमताी रुपा देबी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...