Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगन्ज महानगरका ५ वटा वडा एकैदिन पूर्ण खोप घोषणा

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शनिबार एकैपटक ५ वटा वडालाई पूर्ण खोप घोषणा गरेको छ ।

एक हप्ता भित्रमा वडा नम्बर ८, १३, १४ र १५ पूर्ण खोप घोषणा गरेको महानगरपालिकाले शनिबार एकैदिन वडा नम्बर १, २, ३, ४ र ६ लाई पूर्ण खोप वडा घोषणा गरिएको हो । महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी र उपप्रमुख शान्ति कार्कीले वडाहरु पूर्ण खोप घोषणा गरे ।

वडा नम्बर ६ का अध्यक्ष लक्ष्मीनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का बालबालिकाहरुलाई दिईनुपर्ने १२ प्रकारका खोप पूर्ण रुपमा दिई सकिएपछि पूर्ण खोप वडा घोषणा गरिएको जनाइएकाे छ ।

वडा नम्बर १, २, ३ र ४ वडा अध्यक्षहरुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ण खोप वडा घोषणा भएको हो ।

जन्मिएदेखि २३ महिना सम्मका बालबालिकालाई १२ वटा पूर्ण खोप लगाई सकेपछि पूर्ण खोप घोषणा गरिन्छ । अब छिट्टै महानगरपालिकालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी गरिएको मेयर सरावगीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...