Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगन्ज महानगरका ५ वटा वडा एकैदिन पूर्ण खोप घोषणा

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शनिबार एकैपटक ५ वटा वडालाई पूर्ण खोप घोषणा गरेको छ ।

एक हप्ता भित्रमा वडा नम्बर ८, १३, १४ र १५ पूर्ण खोप घोषणा गरेको महानगरपालिकाले शनिबार एकैदिन वडा नम्बर १, २, ३, ४ र ६ लाई पूर्ण खोप वडा घोषणा गरिएको हो । महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी र उपप्रमुख शान्ति कार्कीले वडाहरु पूर्ण खोप घोषणा गरे ।

वडा नम्बर ६ का अध्यक्ष लक्ष्मीनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का बालबालिकाहरुलाई दिईनुपर्ने १२ प्रकारका खोप पूर्ण रुपमा दिई सकिएपछि पूर्ण खोप वडा घोषणा गरिएको जनाइएकाे छ ।

वडा नम्बर १, २, ३ र ४ वडा अध्यक्षहरुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ण खोप वडा घोषणा भएको हो ।

जन्मिएदेखि २३ महिना सम्मका बालबालिकालाई १२ वटा पूर्ण खोप लगाई सकेपछि पूर्ण खोप घोषणा गरिन्छ । अब छिट्टै महानगरपालिकालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी गरिएको मेयर सरावगीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...