Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई नगरपालिकाको बजेट ५० करोड ८७ लाख

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको  ७ औं नगर सभा सम्पन्न भएकाे छ । नगरपालिकाका मेयर  नितेन्द्र साहको अध्यक्षतामा भएकाे सभाले आर्थिक बर्ष २०७८/७९ को बार्षिक  निति तथा कार्यक्रम पारित गरेकाे छ ।

सभामा उपप्रमुख गायत्री देवीको तर्फबाट निमित प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेतीले आर्थिक बर्ष ०७८/०७९ को कुल अनुमानित आय ५० करोड ८७ लाख ६८ हजार ७५० बजेट प्रस्तुत गरेकी थिइन ।

प्रस्तुत बजेटमा संघिय सरकार समानीकरण अनुदानबाट १२ करोड ९५ लाख, संघिय सरकार सर्शत अनुदानबाट  १९ करोड ४० लाख, प्रदेश सरकार समानीकरणबाट ८ करोड ९८ लाख ६ हजार, प्रदेश सरकार सर्शत अनुदानबाट ८ करोड, प्रदेश सरकार बिशेष अनुदान तिन करोड, प्रदेश सरकार सम्पुरक अनुदान २ करोड, आन्तरिक श्रोतबाट २० लाख ५५ हजार ८ सय लगायत शिर्षकबाट आय रहेकाे लेखपाल हरी राउत कुर्मीले वताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले बजेट मार्फत  यातायात, नाला निर्माणलाई उच्च प्राथमिकता दिएको बताए । उनले खानेपानी, स्वास्थ्य सेवा, स्वास्थ्य बिमा, उज्योलो नगरपालिका अन्र्तगत सौर्यबति जडान, सचेतनामुलक कार्यक्रम लगायतको क्षेत्र सुधारको लागि बिशेष बजेट बिनयोजित गरिएकाे वताए ।

बहुअरी पिडरीस्थित कार्यलयको सभाहलमा आयोजित कार्यक्रममा उपप्रमुख गायत्री देवी, वडाध्यक्षहरु प्रमाेद पटेल, जितेन्द्र पटेल, दिनेश यादव, रामेश्वर साह कानु, केदारनाथ तिवारी, प्रभु पटेल, पुनीलाल साह, रबि गुप्ता, कार्यपालिका सदस्यहरु दिपेन्द्र पंडित, फखरुदिन अंसारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...