Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगन्ज महानगरपालिकाको बजेट साढे तीन अर्ब

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ को ३ अर्व ५५ करोड ३९ लाख ३७ हजारको बजेट सार्वजनिक गरेको छ । वीरगन्जको गण्डस्थित होटल क्लार्क रिसोर्टमा आयोजित महानगरको नवौं अधिवेशमा महानगरपालिकाकी उपप्रमुख तथा राजश्व समितिकी संयोजक शान्ति कार्कीले बजेट प्रस्तु गरेकी थिइन ।

विनियोजित बजेटको चालु तर्फ रु. १ अर्व ८६ करोड ३५ लाख ४२ हजार ९ सय अर्थात ५२.४४%, पुँजीगत तर्फ रु. १ अर्व ६२ करोड ३३ लाख ३० हजार १ सय अर्थात ४५.६८% र वित्तीय व्यवस्था तर्फ रु ६ करोड ७० लाख ६४ हजार अर्थात १.८८% खर्च हुने अनुमान गरिएको छ ।

कुृल खर्च मध्ये महानगरपालिकाले क्षेत्रगत रुपमा विनियोजन गरेको बजेट अनुसार आर्थिक विकास क्षेत्रमा रु. १० करोड ०८ लाख ३० हजार अर्थात २.८४ प्रतिशत, सामाजिक विकास क्षेत्रमा रु. १ अर्व १५ करोड ५८ लाख ७२ हजार अर्थात ३२.५१ प्रतिशत विनियोजन गरेको छ ।

त्यस्तै, पूर्वाधार विकास क्षेत्रमा रु. १ अर्व ३५ करोड ६६ लाख १८ हजार अर्थात ३८.१७ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ रु १३ करोड ३२ लाख ७४ हजार अर्थात ३.७५ प्रतिशत र कार्यालय तर्फ रु. ८० करोड ७३ लाख ४३ हजार अर्थात २२.७३ प्रतिशत विनियोजन गरिएको छ ।

महानगरपालिकाले आगामी वर्ष संचालनहुने मुख्य आयोजनाहरुमा ग्रामीण सहरी विकास परियोजनामा RUDP रु. ४३ करोड ३३ लाख ९१ हजार, वडा स्तरीय योजना तथा कार्यक्रममा रु. २८ करोड २७ लाख ३४ हजार, समपूरक कोष रु. १७ करोड ६९ लाख २५ हजार, लक्षित कार्यक्रम रु ५ करोड ७६ लाख ५९ हजार, तराई मधेश समृद्धि कार्यक्रममा रु. ३० लाख विनियोजन गरिएको छ ।

त्यस्तै सडक बोर्ड कार्यक्रममा रु २ करोड २९ लाख, रोजगार कार्यक्रम रु ७० लाख, वडा कार्यालय भवन तर्फं रु. ५ करोड, उज्यालो वीरगंज कार्यक्रम तर्फ रु. ४ करोड ७१ लाख, शैक्षिक विकास तर्फ रु. ६१ करोड २० लाख १० हजार, स्वास्थ्य तर्फ रु. २१ करोड ३० लाख १५ हजार विनयोजना गरेको छ ।

कृषि विकास तर्फ रु १ करोड ५३ लाख ८० हजार, पशु सेवा विकास रु. २० लाख र जनसहभागितामा आधारित कार्यक्रम तर्फ रु. ४ करोड २० लाखको बजेट व्यवस्था मिलाएको जनाएको छ । बजेटमा समावेश हुन नसकेका महत्वपूर्ण आयोजनाहरु एचयवभअत द्यबलप मा राखेर श्रोतको उपलब्धता भए पछि क्रमशः कार्यान्वयन हुने व्यवस्था मिलाएको महानगर प्रमुख सरावगीले बताए ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारको वित्तिय समानिकरण रु. ४६ करोड ०१ लाख, राजश्व वाँडफाँड रु. २१ करोड २६ लाख ९८ हजार, सशर्त अनुदान रु. ७६ करोड ५१ लाख प्राप्त हुने अनुमान गरेको छ ।

त्यसै गरि प्रदेश सरकारबाट वित्तीय समानिकरण रु. ३ करोड २९ लाख ०९ हजार, सशर्त अनुदान तर्फ २ करोड, राजश्व बाँडफाँड तर्फ सवारी साधन रु. २ करोड २८ लाख ७४ हजार, नगर विकास अनुदान तर्फ ४० करोड ३० लाख ९१ हजार, सडक बोर्ड तर्फ २ करोड २९ लाख र युनिसेफ तर्फ रु. ३५ लाख प्राप्त हुने अनुमान रहेको जनाएको छ ।

यसैगरी नगद मौज्दात तर्फ रु. ४७ करोड २८ लाख ६५ हजार र आन्तरिक आय तर्फ रु. ८६ करोड १६ लाखको अनुमान गरिएको छ । आन्तरिक आय तर्फ रु. ५९ करोड ७५ लाख अनुमान गरिएकोमा ११ महिनाको अवधिमा रु. ४१ करोड ३२ लाख १३ हजार मात्र आय भई ६९.१६ प्रतिशत प्रगति भएको पनि बजेटमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...