Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

विना शर्त नेता पटेललाई प्रहरीले नछाडे कडा आन्दोलन गर्ने चेतावनी

spot_img
spot_img

वीरगंज । संसद विघटन र निर्वाचन घोषणाको विरुद्ध संयुक्त विद्यार्थी संगठन पर्साले वीरगन्जमा प्रर्दशन गरेको छ । वीरगन्जको घण्टाघर चोकमा संयुक्त विद्यार्थीहरु मोर्चा बनाएर सरकार विरुद्ध चर्को नाराबाजी गर्दै प्रर्दशन गरेका हुन ।

प्रर्दशन गर्ने क्रममा प्रहरीले ४ जना विद्यार्थी नेतालाई पक्राउ गरेको थियो । प्रहरीले घण्टाघर चोकबाट प्रर्दशन गर्ने क्रममा नेवि संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेल, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं प्रदेश २ का सहसंयोजक प्रभाकर गुप्ता, अखिल क्रान्तिकारीका वीरगंज महानगर अध्यक्ष विवेक कुमार साह र नेवि संघका जिल्ला सदस्य विशाल पटेललाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ४ जनामध्ये ३ जनालाई प्रहरीले छाडे पनि सुधिर पटेललाई हालसम्म नछोडिएको युवा संघका केन्द्रिय सदस्य अरुण यादवले बताए ।

उनले प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले व्यक्तिगत ईगोका कारण पटेललाई फसाउँन खोजेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका यादवले प्रहरी उपरिक्षक पाण्डेले पटेललाई विना शर्त रिहा नगरे विद्यार्थीहरुको आन्दोलनको स्वरुप परिर्वतन हुने र यसबाट हुन सक्ने सम्भावित घटनाको जिम्मावार स्वयं प्रहरी नै लिनुपर्ने बताए ।

प्रहरी हिरासतमा रहेको पटेल आमरण अनसन सुरु गरेका छन् । उनले आफुलाई बिना कारण हिरासतमा राखिएकोले आमरण अनसनमा बसेको बताए ।

उनले भने, “प्रहरीले विना कारण आफूलाई फसाउँन खोजेकाे छ, यदी म माथि कुनै प्रकारको मुद्दा छ भने, देखाउँनु पर्यो । होईन भने मलाई मेरो संवैधानिक अधिकारलाई कुण्ठित गर्न पाउँदैन । मलाई बिना शर्त रिहा नगरेसम्म मेरो अनसन जारी रहन्छ।” 

यता पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले पटेल अपराधिक घटनामा संलग्न हुन सक्ने आशंका रहेकोले नियन्त्रणमा राखी थप अनुसन्धान गर्ने काम भईरहेको छ, यदी निर्दोष सावित भए छाडिने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...