Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

परवानीपुर गाउँपालिकाको आठौ गाउँ सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाको आठौ गाउँ सभा तथा आर्थिक वर्ष २०७८/७९ को प्रथम गाउँ सभा सम्पन्न भएको छ ।

कृषि अनुसन्धान केन्द्र परवानीपुरमा भएकाे सभाकाे उद्घाटन प्रदेश नं २ का निवर्तमान भौतिक पूर्वाधार विकास मंत्री जितेन्द्र सोनलले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस वर्षको नीति तथा कार्यक्रमले हरेक क्षेत्रलाई जोड्दै अगाडि बढेकोमा कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरे । साथै उनले सभामा गाउँपालिकाको हरेक पार्टी प्रतिनिधि, राजनीतिक दल, समाजसेवी लगायतकालाई समेटेर कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा गाउँपालिका प्रमुखलाई धन्यवाद दिए ।

गाउँसभामा बोल्दै समाजसेवी शिवशंकर पटेलले गाउँपालिकाले लिएको उद्देश्य सफलता पूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरे । उनले अबको १ वर्षमा बाँकी रहेको अधूरा कामहरू पूरा गरी समयमा सम्पन्न गर्न गाउँपालिकाका जनप्रथिनीहरुलाई आग्रह गरे ।

कार्यक्रममा समाजसेवी शिवचन्द्र सिंह, माओवादीका नेता लालबहादुर पटेल, एमालेका नेता रामक्षेत्री पटेल, प्राध्यापक आनन्द यादव लगायतकाले कार्यक्रममा आफ्नो मन्तब्य राखेका थिए ।

अधिकांश वक्ताहरुले गाउँपालिका भ्रष्टाचारमा डुबेको र आउने दिनहरुमा सही र जनता मुखी काम गर्न सुझाव दिएका थिए ।

नीति तथा कार्यक्रम वडा नं ४ का वडाध्यक्ष गजेन्द्र पटेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका उपप्रमुख सावित्री देवी कुर्मी, पाँच वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, समाजसेवी, बुद्धिजीवी लगयतहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष हरिनारायण शाहको अध्यक्षतामा भएकाे कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत सुनिल चौरसियाले गरेका थिए ।

सभामा गाउँपालिकामा उतकृष्ट काम गरेका गाउँपालिकाका ६ जना कर्मचारीहरुलाई सम्मान स्वरूप २० हजारको दरले पुरस्कृत गरेकाे थियाे । पुरस्कृत हुनेहरुमा खरीदार अजय कुशवाहा, कम्प्युटर अपरेटर राम सोनल, कार्यालय सहयोगीहरु सन्दिप पासवान, बच्चा यादव, अशोक राम, लाहोर साह लगायतहरु रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...