Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

मासिक शुल्क भन्दा बढी भर्ना शुल्क नलिन उच्च अदालतकाे आदेश

spot_img
spot_img
वीरगंज । उच्च अदालत अस्थाई ईजलास बीरगंजले पहिलादेखि बिद्यालय भर्ना भईसकेका बिद्यार्थीसंग सोही बिद्यालयको अर्को कक्षामा प्रवेश गरे वापतको भर्ना शुल्क नलिन र पहिलो पटक भर्ना हुँदा एकपटकको लागी भर्ना हुने कक्षाको मासिक पढाई शुल्क भन्दा बढी भर्ना शुल्क नलिन र लिन नलगाउन भनि शिक्षा बिकाश तथा समन्वय ईकाई पर्सा र जिल्लाको सम्पुर्ण संस्थागत तथा सामुदायिक बिद्यालयहरुको नाँउमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
 
निवेदक अधिवक्ता प्रमोद प्रसादले पर्सा जिल्लाका संस्थागत तथा सामुदायिक बिद्यालय तथा शिक्षा बिकाश तथा समन्वय ईकाई पर्सा लगायत बिभिन्न ७१ जनालाई बिपक्षी बनाई दायर गर्नु भएको उत्प्रेषण परमादेश मुद्दामा उच्च अदालत अस्थाई ईजलास बीरगंजका माननिय न्यायाधिश गणेश प्रसाद बरालको एकल ईजलासले साेमबार साे आदेश जारी गरेको हो ।
 
साथै ईजलासले अन्तरिम छलफलका लागी यही आषाढ ७ गते उपस्थित हुन समेत बिपक्षीहरुको नाँउमा आदेश जारी गरेको छ ।
 
मुद्दामा निवेदक तर्फबाट निवेदक लगायत अधिवक्ताहरु रामचन्द्र सिंह, रामनारायण प्रसाद कुर्मी, रामाशिष प्रसाद यादव, प्रेम कुमार साह, ओमप्रकाश गुप्ता, केशवलाल केशरी, अजय कुमार श्रीवास्तव र रामबली प्रसाद चौहान लगायतले बहस गरेका थिए ।
 
यसैबिच अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतमले सम्मानित उच्च अदालत अस्थाई बीरगंजको आदेशले बिद्यार्थी तथा अभिभावकहरुलाई राहत पुगेको प्रतिक्रिया दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...