Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजनाको लागि बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा सोमबार जिल्ला स्तरीय बिपत ब्यवस्थापन समितीको बैठक सम्पन्न भएको छ । मनसुन पुर्ब तयारी तथा प्रतिकार्य योजना २०७८ को लागि जिल्ला प्रशासन कार्यालय पर्साको सभाहालमा बसेको बैठक सम्पन भएको हो ।

बिपत ब्यवस्थापन समितीका संयोजक प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा र जिल्ला समन्यव समिती पर्साका सभापति नेकमहम्मद अंसारीको प्रमुख आतिथ्यमा बसेको बैठकले जिल्ला भरीका १४ औ पालिकाले पुर्ब तयारीका साथ प्रतिकार्य योजना बनाउनु पर्ने निर्णय गरेको छ ।

पालिकाहरुले बिपत ब्यवस्थापन समिती गठन गरी बिपत तथा जेखिम कार्यलाई तिब्रताका साथ न्युनिकरण गर्न कार्ययोजना बनाई अगाडी बढनु पर्ने छ ।

बैठकमा वक्ताहरुले बिपत जुन समयमा आउन सक्ने भएकाले सम्पुर्ण तयारी पहिला नै गर्नु पर्ने कुरामा जोड दिएका थिए । वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका बाहेक अरु पालिकामा सरसमानहरु उपलब्ध नभएका कारण बिपतका लागी चाहिने उपकरणहरुको पनि ब्यवस्थापन गर्नु पर्नेमा वक्ताहरुको जोड थियो ।

१४ वटा पालिकाका जोखिम, अति जोखिम र कम जोखिम वडा र टोल कुन हो भने बारेमा प्रस्तुती सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले गरेका थिए ।

बैठकमा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले बिपत ब्यवस्थापनका लागी ९ वटा ट्रेक्टर, ५ वटा डोजर, ३ वटा टिपर, डोरी, हुमपाईप, ग्रेबल जस्ता अन्य सामग्रीहरु तयारी अवस्था रहेको र १ करोड बजेट पनि छुटयाएको बताए ।

पटेवर्वासुगौलीले ८० लाख, पकहामैनपुर गाउपालिकाले २३ लाख, पर्सागडीले १२ लाख छुटयाएको बताए । पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले बिपतका लागी सम्मपुर्ण सरसमान तयारी अवस्थामा रहेको बताए । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले बिपतको लागी हामी लडन पुर्ण रुपले तयार रहेको बताए ।

उधोग बाणिज्य संघ वीरगंजका अध्यक्ष सुबोध गुप्ताले धेरै कुरामा पछाडी भए पनि हामी सबैको साझा सहयोगले कसै भन्दा पर्सा जिल्ला कम नभए पनि धेरै कुराहरु जुटाउन बाकी रहेको बताए । उनले आवश्यक परेमा हरेक क्षेत्रमा उधोग बाणिज्य संघ पछि नहटने प्रतिवद्धता जनाए ।

प्रहरीउपरिक्ष बेलबहादुर पाण्डे, शशस्त्रका प्रहरी उपरिक्षक राजेन्द्र खडकाले तालिम सहित बिभिन्न उपकरण सहित आम सर्वधारणका लागी सदैव तयारी अवस्थामा रहेको बताएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा बसेकाे बैठकमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिजय महतो, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघका पर्साका अध्यक्ष अनुप तिवारी तथा बिभिन्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...