Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026

ठेक्का र पेश्की लिएकाे एक बर्षमा पुल निर्माणकाे हाेर्डिङ बाेर्ड पनि राखिएन

spot_img
spot_img

वीरगंज । बाराकाे करैयामाई गाउँपालिकाकाे वडा नं. ८ बेलाहीस्थित प्रसन्वा नदीमा ठेक्दारकाे लापरवाहीले पुल निर्माण हुन सकेकाे छैन् । पुल निर्माणकाे लागि ठेक्का सकार गरेकाे विनाेद साह निर्माण सेवाले एक बर्ष वित्न लाग्दा पनि निर्माण कार्य सुरु गरेकाे छैन् ।

गाउँपालिका स्राेतका अनुसार ठेक्दार कम्पनीले ६ कराेड ७५ लाख ५० हजारकाे लागतमा पुल निर्माण गर्न ठेक्का सकार गरेकाे छ । ठेक्दारले  गाउँपालिकासंग २०७७ असार ११ गते पुल निर्माणकाे लागि गरेकाे सम्झाैत अनुसार २०७८ कार्तिक मसान्त भित्र निर्माण कार्य सम्पन्न  गर्नु पर्ने छ ।

सम्झाैता लगतै पुल निर्माण कार्य अगाडी बढाउन ठेक्दारले कुल लागतकाे १० प्रतिशत ६७ लाख ५५ हजार माेबलाइजेशन पेश्की समेत लिए पनि हाल सम्म निर्माण कार्य सुरु गरेकाे छैन् । एक बर्षमा पुल निर्माण स्थलमा हाेर्डिङ बाेर्ड समेत राखिएकाे छैन ।

माेबलाइजेशन पेश्की लिएकाे ३० दिन भित्र काम सुरु गर्नु पर्नेमा एक बर्ष वित्न लाग्दा पनि काम सुरु भएकाे छैन । सम्झाैता अवधि सक्न लाग्दा पनि पुल निर्माण कार्य सुरु नहुनुमा ठेक्दार कम्पनीकाे लापरवाही र गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत र प्राविधिककाे समेत सलंग्नता देखिन्छ ।

गाउँपालिका र ठेक्दारकाे लापरवाहीले आर्थिक बर्ष २०७६/०७७ काे राष्ट्रिय याेजना आयाेगकाे स्विकृत बजेट अन्तर्गत ५० प्रतिशत गाउँपालिकाकाे लगानीमा हुने पुल निर्माण कार्य अलपत्र परेकाे छ ।

पुलकाे डिपिआर मै त्रुटी

दुई महिना पहिला करैयामाई गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत राज कुशवाह हुँदा उनले तत्कालिन प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र महताे र प्राविधिक शाखा प्रमुख अवधेश प्रसाद कुशवाहासंग पुल निर्माण कार्य सम्बन्धमा लिखित जवाफ समेत मागेका थिए ।

उनले पुलकाे डिपिआर देखी याेजना सम्झाैता, माेबिलाइजेशन समेतमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक प्रमुखकाे सलंग्नता देखिएकाे भन्दै जवाफ मागेका थिए । साेही कारण उनकाे सरुवा समेत गराइएकाे थियाे ।

पुलकाे डिपिआर अनुसार ओपेन फाउन्डेसबाट पुल निर्माण गर्दा साेयल कन्डिसन कमजाेर हुने भएकाेले प्याइल गर्ने सिफारिस गरिएकाेमा त्रुटि देखिएकाे हाे । 

आवश्यकतै नभएकाे ठाउँमा पुल निर्माण गर्न दिनाैं : स्थानिय 

५ दिन अघि मात्र ठेक्दारले पुल निर्माण कार्य सुरु गर्न लाग्दा स्थानियले राेकेका थिए । त्यसपछि पुल निर्माण कार्य अगाडी बढन सकेकाे छैन् ।

स्थानियहरुका अनुसार पुल निर्माण गर्न लागिएकाे बेलाहीस्थित प्रसन्वा नदीमा  पुलकाे कुनै आवश्यकता छैन् ।  बेलाही टोल र ईटहर टोल बीच भएर बगेको तियर नदीमा पुलकाे आवश्यकता छ ।

तर तियर नदीमा पुल निर्माण नगरी प्रसन्वा नदीमा पुल निर्माण गर्न लागिएकाेले स्थानियहरु पुल निर्माण कार्यमा अवराेध गरेका हुन् ।  आवश्यकतै नभएकाे ठाउँमा पुल निर्माण गर्न नदिने स्थानियहरुकाे भनाई छ । पहिला अवश्यकता भएकाे तियर नदीमा पुल निर्माण गर्नु पर्ने स्थानियहरुकाे माग रहेकाे छ ।

विनाेद निर्माण सेवालाई नै तियर नदीकाे पुल निर्माण गर्ने जिम्मा

प्रसन्वा नदीमा पुल निर्माण गर्न ठेक्का र पेश्की लिएर एक बर्ष सम्म काम समेत सुरु नगरेकाे विनाेद साह निर्माण सेवाले तियर नदीकाे पनि पुल निर्माणकाे ठेक्का पाएकाे छ ।

प्रदेश सरकारकाे भाैतिक पूर्वधार विकास मन्त्रालय अन्तर्गतकाे ८ कराेडकाे बजेटले निर्माण हुने तियर नदीकाे पुल निर्माणकाे जिम्मा नागा अर्जुन विनाेद साह जेभिले लिएकाे छ । नागा अजर्नु विनाेद साह जेभिले ३३ प्रतिशत विलाेमा ५ कराेड ४० लाख ४५ हजारमा पुल निर्माणकाे ठेक्का सकार गरेकाे  पुर्वधार विकार कार्यालय वीरगंजका इन्जिनियर विवेकानन्द झाले वताए ।

उनका अनुसार पुल निर्माणकाे लागि २०७८ जेठ १६ गते सम्झाैता भएकाेमा २ बर्ष भित्र २०८० जेठ १५ गते सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ । तियर नदीकाे पुल निर्माणकाे लागि पनि ठेक्दार कम्पनीले माेबिलाइजेश पेश्की १० प्रतिशत ५४ लाख ४५ हजार लिइसकेका छन् । 

माेबिलाईजेशन पेश्की लिएकाे १५ दिन भित्र विमा, हार्डिङ बाेर्ड राख्ने लगायतकाे काम गरि सक्नु पर्नेमा अहिले १५ दिन विते पनि हाल सम्म हाेर्डिङ बाेर्ड पनि राखेका छैनन् ।

 इन्जिनियर झाले पुल निर्माण स्थलमा अहिले सम्म ठेक्दार कम्पनीले हाेर्डिङ बाेर्ड समेत नराखेकाे पत्रकार मार्फत जानकारी पाएपछि तत्काल आफुले हाेर्डिङ बाेर्ड राख्न निर्देशन दिने वताए । 

ठेक्का हुनु भन्दा पहिला नै गरिएकाे थियाे तियर नदीमा पुलकाे शिलान्यास

तियर नदीमा पुल निर्माणकाे लागि ठेक्का हुनु भन्दा दुई महिना पहिला शिलान्यास गरिएकाे थियाे । प्रदेश २ सरकारकाे अर्थ तथा याेजना राज्य मन्त्री उषा देबी यादव, बारा क्षेत्र नं. २ का विघठित प्रतिनिधि सभा सदस्य रामशाय यादव, प्रदेश सभा सदस्य शर्धा शंकर कलवारले संयुक्त रुपमा पुलकाे शिलान्यास गरेका थिए ।

पुल निर्माण कार्यकाे जिम्मा आफुले नपाए पनि शिलान्यास कार्यक्रममा सहभागि भएकाे विनाेद साह निर्माण सेवाका संचालक शेषनाथ साहले वताए ।

पुलकाे ठेक्का हुनु भन्दा अघि नै नेता ज्यूहरुबाट शिलान्यास गरिएकाेले पूर्वधार विकास कार्यालयबाट आफुहरु सहभागि नभएकाे इन्जिनियर झाले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...