Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

शैक्षिक माफिया विरुद्द लड्न संयुक्त विद्यार्थी संघर्ष समिति गठन

spot_img
spot_img

वीरगंज । वीरगंजमा विद्यार्थीहरुको हित र शैक्षिक माफियाहरुको विरुद्द लड्न विभिन्न राजनीतिक दल सम्बद्द विद्यार्थी संगठनहरु एक भएका छन् ।

वीरगंजमा शुक्रबार सम्पन्न विभिन्न ५ विद्यार्थी संगठनको भेलाले संयुक्त विद्यार्थी संघर्ष समिति बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

भेलाले नेवि संघका जिल्ला अध्यक्ष विकास तिवारीको संयोजकत्वमा २५ सदस्यिय संघर्ष समिति बनाएको छ । जसको सहसंयोजकमा अखिल क्रान्तिकारी पर्साका संयोजक कविराज पटेल रहेका छन् । संघर्ष समितिको नेतृत्व हरेक तीन/तीन महिनामा रोलक्रमका आधारमा परिवर्तन हुने निर्णय गरेको छ ।

कोभिड महामारीका कारण ठप्प भएको शैक्षिक क्षेत्र चलायमान बनाउन, विद्यार्थीको हितमा आवाज उठाउन र शैक्षिक माफियाहरुको विरुद्धमा संघर्ष गर्न एक्ला एक्लै लाग्नु भन्दा संयुक्त रुपमा परिचालन हुन सके प्रभावकारी हुने भएकाले सबैको सहमतिमा संघर्ष समिति बनाइएको अखिलका केन्द्रीय सदस्य हेमन्त तामाङले जानकारी दिए ।

तामाङको अध्यक्षतामा बसेको बैठकले १५ सदस्यिय सल्लाहकार समिति पनि बनाएको छ । समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिब सुजित गिरीको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको हो ।

बैठकमा अखिल पर्साका संयोजक रेयाज अंसारी, विशाल सर्राफ, नेविसंघका केशव मिश्र, एजाज आलम, फिरोज बादसाह, मेराजुल हवारी, सन्दिप बिक्रम साह, पूर्व विद्यार्थी नेताहरु रामकिशोर सिंह (पराग), शिवजी गुप्ता, प्रभाकर गुप्ता, मनोज साह लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...