Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

बाराको बङ्गरी खोलाको पुल सात वर्षमा पनि बनेन्, स्थानीय सास्ती खेप्दै

spot_img
spot_img

वीरगंज । बाराको प्रसौनी गाउँपालिकामा अवस्थित गाउँसंग शहर र सदरमुकाम कलैयासंग द्रुत सम्पर्क राख्न उद्देशले निर्माण गर्न शिलान्यास गरिएको सात वर्ष बितिसक्दा पनि बन्जरिया स्थित बङ्गरी खोलाकाे पुल निर्माण सप्पन्न भएको छैन ।

२०७१ साल असार २९ गतेदेखि निर्माण कार्य आरम्भ भएको उक्त पुलको पिलर मात्र निर्माण गरि काम अलपत्र पारेको भन्दै स्थानीयले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी एलाइट मोना कन्स्ट्रक्सन, प्रसौनी गाउँपालिका र गाउँपालिका प्रमुख भोला प्रसाद गुप्तासँग आक्रोशित बन्न थालेका छन् ।

सडक डिभिजन कार्यालय हेटौंडासंग एलाइट मोना कन्स्ट्रक्सनले ५ करोड भन्दा बढी रकममा २०७३ साल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरे पनि हाल २०७८ साल असार महिना सुरु हुन लाग्दा पनि निर्माणको ५ प्रतिशन पनि काम भएको छैन ।

पुल निर्माण चाँडो गर्न पहलका लागि स्थानीयले पटक–पटक वडादेखि गाउँपालिका कार्यालय र गाउँपालिका अध्यक्षलाई पटक पटक खबर गर्दासमेत कुनै वास्ता नगरिएको बन्जरियाका स्थानीय सुनिल साहले वताए ।

वर्षाैदेखि पुल अभावमा स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् । स्थानीय सुलभ लामिछाने भन्छन्, “गाउँसंग द्रुत सदरमुकाम कलैया सम्म जान पुल नहुँदा बैकल्पिक रुपमा बासको पुल बनाएर आवत जावत गर्न बाध्य छौ, सवारी साधनलाई खोलाबाट नै आवतजावत गर्ने गर्छन् । अब वर्षा यामको समय आइसक्यो, अब फेरि खोलामा बाढी आउँने निस्चित छ । हामीलाई फेरि आवत जावत मा कठिनाइ हुने भयो । हरेक वर्ष यस्तै झेल्नुपरेको छ । यो वर्ष पनि झेल्नु पर्ने ब्याध्यातमक अवस्था छ । अरु त के दु:ख त झन यो छ गाउँमा कोही बिरामी भए एम्बुलेन्स जान पनि निकै कठिनाई छ । बाढी आए झन अप्ठ्यारो हुने गर्छ ।”

पुल नबन्दा बन्जरिया गाउँ मात्र नभई इनर्वा, सुराहि, मेथुरापुर, मटियरिया, बसडिलवा, प्रस्टोका, बलुवासहित अन्य गाउँका स्थानीयहरुलाई आवत जावतमा निकै कठिनाई भएको छ ।

यता प्रौसौनी गाउँपालिकाले पुल निर्माणमा कुनै चासो देखाएको छैन । जनप्रतिनिधिहरु निर्वाचित भएको कार्यकाल सक्न लाग्दा पनि एउटा खोलाको पुल निर्माण गर्न सकेका छैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...