Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वप्रका श्रीपुरकाे गाडीले ठक्कर दिदा एक युवक गम्भीर घाइते

spot_img
spot_img

वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरको गाडीको ठक्करबाट एक जना युवक गम्भीर घाइते भएका छ्न । घाइते हुनेमा पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरका २२ बर्षिय मन्दिप पटेल रहेका छन ।  

बा १ झ ७८४५ नम्बरकाे प्रहरीकाे भ्यानले युवक सवार प्रदेश ०३. ०१३ प २४८६ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । तराइ अस्पतालमा भर्नारत श्रीमतीलाई भेटन अस्पताल गइरहेको अवस्थामा राधेमाइको मेनरोडमा बिपरित दिशातर्फबाट आइरहेको प्रहरीको गाडिले युवकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छ्न ।

गम्भीर घाइते युवकलाई प्रहरीले नै उद्दार गरि उपचारको लागि तराइ अस्पतालमा भर्ना गएका छ्न । उनको बायाँ तिघ्रामा गम्भित चोट लागेको छ ।

दुर्घटना स्थलको सर्वसाधारणले तस्बिर लिन खोज्दा प्रहरीले रोक लगाएको थियो । प्रहरीले आफै गम्भीर घाइते युवकलाई पिकप भ्यानमा राखेर अस्पताल पुर्याएको प्रत्यक्षदर्शीले जनाएको छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...