Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बाराबाट ४९ केजी अवैध गाँजासहित पर्साका ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले ४९ के.जी. अवैध लागू औषध गाँजासहित ३ जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औराहा टोल निवासी ३९ बर्षिय अमिरका पासवान, साेही ठाउँ निवासी ५६ बर्षिय रमेश चौधरी र ३७ बर्षिय राज कुमार ठाकुरलाई पक्राउ गरेकाे हाे ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा साेमबार दिउसाे डेढ बजे लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले तिनै जनालाई लागु औषध गाँजासहित पक्राउ गरेकाे हाे ।

बाराकाे महागढीमाई नगरपालिका वडा नं.२ इनर्वा चोकस्थितमा बरियारपुरतर्फबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नं. को कालो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका ब्यक्तिहरुलाई चेकजाँच गर्दा निजहरूले बिक्रि वितरणको लागि उक्त अटोमा लुकाई छिपाई ल्याएको ४९ किलो ग्राम (७ पोका) अवैध लागू औषध गँजा बरामद भएपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पक्राउ परेका तिनै जनालाई बरामद लागू औषध र मानिस तथा सवारी साधनहरू समेतलाई नियन्त्रणमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले जानकारी दिए ।

पक्राउ परेकावान माेटरसाइकल चालक, चौधरी अटाे चालक हुन भने ठाकुर अटाेमा सवार थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...