Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

भाँसिएको पुल निर्माणको लागि नगर प्रमुखको निर्देशन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २८ बगही र इनरुवा गाउँ जोड्ने पुलनिर्माणको कार्य १ साता भित्र शुरु गर्न नगर प्रमुख विजय कुमार सरावगीले निर्देशन दिएका छन् ।

केहीदिन अघि गिट्टीलोड गरिएको टिप्पर आवतजावत गर्ने क्रममा पुरानो पुलभाँसिएर दुर्घटना भएको थियो । बगही र इनरुवा जोड्ने पुल भाँसिएपछि सो क्षेत्र भएर आवतजावत गर्ने पैदल यात्रुका साथै मोटरसाइकल, रिक्सा तथा अन्य सवारी साधनलाई पनि ओहोरदोहोर गर्न समस्या भएको थियो ।

सोही समस्यालाई मध्यनजर गर्दै स्थानीयले नगर प्रमुख सरावगीलाई पुल निर्माण शुरु गर्न आग्रह गरेका थिए ।

वीरगंज महानगरवासीको अभिभावकको भूमिकामा रहेका सरावगीले आफ्नो अभिभावकत्व बहन गर्दै एक साता भित्र पुल निर्माणको काम थालनी गरी आवतजावत सुचारु गराउन पूर्वाधार महाशाखालाई निर्देशन दिएका हुन् ।

सोमबार बिहान भाँसिएको पुलको स्थलगत निरीक्षण गर्दै नगर प्रमुख सरावगीले पुल निर्माणको काम छिटै शुरु हुने स्थानीयलाई विश्वास समेत दिलाए । पञ्चायती व्यवस्थाको समयमा निर्मित पुल जीर्ण भएको थियो । सोही पुल निर्माणका लागि महानगर प्रमुख सरावगीले निर्देशन दिएकाे उनकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...