Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

अपौनी र हरपतगञ्जका बासिन्दाले ठेक्दार पप्पुकाे पुत्ला जलाए

spot_img
spot_img

वीरगंज । दुई वर्षसम्म पनि सडक निर्माण नभएपछि पिडित भएका स्थानीयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार (पप्पु), हरिनारायण रौनियार र शहरी विकासका तथा भवन डिभिजन कार्यालयका प्रमुख प्रिदप सिंहकाे पुत्ला जलाएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २० अपौनी र हरपतगञ्जका बासिन्दाले पप्पुको बदमासीको विरोध र दबाबका लागि भन्दै उनीहरुको पुत्ला जलाएका हुन् । सो वडाको सडकमा भेला भएका त्यहाँका स्थानीयले पप्पु, हरिनारायण र शहरी विकासका हाकिम सिंहको पुत्ला जलाउदैं उनीहरुको विरोधमा नाराबाजी समेत गरेका थिए ।

शहरी विकास कार्यालयको मातहतमा रहेको वीरगंज ड्राइपोर्टदेखि बीरगंज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीसम्म जोड्ने ३ किलोमिटर सडक २ वर्षमा निर्माणको ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले हालसम्म पनि सो सडक नबनाएको स्थानीयले वताएका छन् ।

जस कारण सो गाउँका बासिन्दासँगै उक्त बाटो भएर आवतजावत गर्ने यात्रुहरुले सास्ती खेप्नु परिरहेको स्थानीयहरुकाे भनाई छ । नेकपा एमालेका युवा नेता रामकिशाेर सिंह (पराग)ले ३१ फिटे सडक निर्माण गर्ने पप्पुले बाटोमा पर्ने घरहरु भत्काउन लगाएर अलपत्र छोडेको बताए ।

२०७५ सालमा दुई वर्ष भित्रमा काम सक्ने गरी ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले सो ठेक्का पेटी ठेक्का मार्फत अन्य ठेकेदारलाई ठेक्का दिएको छ । पप्पु कन्स्ट्रक्शनले जिम्मा दिएको पेटी ठेकेदारले काम नगरेको र आफुले दबाब दिँदा पप्पु कन्स्ट्रक्शनले रकम नदिएको हुँदा दुई ठेकेदारको विवाद अदालतसम्म पुगेको छ ।

सोही विवादलाई लिएर पेटी ठेकेदारले पप्पुले रकम नदिएको भन्दै गत कार्तिकमा नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन नै गरेका थिए ।

यसअघि, आईतबार नै ठेक्का पाएको समयभित्र बाटो बनाउन बारम्बार फेल हुने गरेको पप्पुले बाटो चाँडो नबनाएपछि पुत्ला जलाउन तयारी गरेका स्थानीयलाई रोक्न पुगेका पप्पु कन्स्ट्रक्सनका कर्मचारी र गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । घटनास्थलमा प्रहरी पुगेपछि स्थानीयले पछि पप्पुका कर्मचारी र गाडीलाई छोडेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...