Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाति : वाईसिएल पर्सा

spot_img
spot_img

वीरगंज । सरकारले अध्यादेश मार्फत आर्थिक बर्ष २०७८/०७९ का लागि ल्याएको बजेट बक्तव्यमा खानी जन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी ब्यापार घाटा न्यूनिकरण गर्ने योजना घातक रहेको योङ कम्युनिष्ट लीग (वाईसिएल) पर्साले जनाएको छ ।

वाईसिएल पर्साका संयोजका संयोजक ओमप्रकाश गुप्ताले एक प्रेस विज्ञप्ती जारी गर्दै यो योजना समग्रमा घातक रहेको जनाएका हुन् ।

उनले यसबाट नवधानाढ्य देखि केहि व्यवसायीलाई त फाईदा नै होला तर यसबाट सबै भन्दा बढी प्रभाव चुरे संवेदनशिलमा क्षेत्रमा नै पर्ने र त्यसले तराई मधेशमा ठुलो प्रकृतिक संकट आउने जनाएका छन् ।

यसले चुरे बिनास गर्ने र तराई मधेशलाई मरुभूमीकरण गर्ने निश्चित रहेको संयोजक गुप्ताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

भविष्यमा मधेशको उर्वरभुमी समाप्त भई जनताको जीवन नै संकटमा पर्ने भएकोले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाति रहेकोले बैज्ञानिक वातावरणीय अध्ययन नैनगरी ल्याइएको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी निर्यात गर्ने कार्य बन्द गर्न विज्ञप्तीमार्फत माग गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...