Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रहरी हवलदार यादवद्वारा अध्यक्ष सर्राफमाथी दुर्ववहार

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रवेशद्वारमा बिपद व्यवस्थापन गण प्रदेश नः–२ को टोलीमा कार्यरत प्रहरी सागर यादवले राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरका अध्यक्ष जलेशवर सरार्फलाई दुर्ववहार गरेका छन् ।

प्रहरी हवलदार यादवले अध्यक्ष सरार्फलाई जेठ ५ गतेका दिन दुर्ववहार गरेका हुन् । एकपटक मात्र होइन पटकपटक प्रहरी हवलदार यादवले गरेको दुर्ववहार सहन नसकेर आफुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्सा, प्रदेश नः–२ प्रहरी कार्यालय लगायतका कार्यालयहरुमा बोधार्थ हुनेगरी उजुरी दिएको पिडित अध्यक्ष सर्राफले बताए ।

उनले प्रहरी हवलदार यादवसंग जिल्ला अदालत पर्सामा आफ्नो मुद्दा चलिरहेका निहुमा दुर्ववहार गरेको वताए ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाका प्रतिवादी प्रहरी हवलदार सागर यादवले वादीसंग गाली गलौज, धाकधम्की लगायतको वादविवाद गर्नु भनेको प्रहरी संगठनलाई बदनाम गर्नु तथा वर्दीको दुरुपयोग गर्नु भएको पिडित सर्राफको भनाई छ ।

उनले त्यही बिषयमा छलफलका लागि जिल्ला प्रहरी कार्यालयले २०७८/०२/१२ गतेका दिन प्रहरी हवलदार यादव र मलाई बोलाएर सोधपुछ गरि पुनः ज्येष्ठ २० गते उपस्थित हुनेगरी तारिखमा बोलाएको जानकारी दिए ।

सम्मानित जिल्ला अदालतमा चलिरहेको मुद्दामा पुनः जिल्ला प्रहरी कार्यालयमा तारिखमा राख्नु विपक्षी प्रहरी हवलदारलाई अझ प्रोत्साहन दिनु र कानुनी राज्यको उपहास तथा विडम्बना पुर्ण बिषय भएको उनले गुनासो गरे ।

छलफलमा मैले बारम्बार ज्येष्ठ ५ गतेको सि.सि.क्यामेराको रेकर्ड निकालेर हेर्दा सबै घटना क्षर्लङ हुने आग्रह गर्दा समेत मेरो कुरालाई केही वास्ता नै नगरी म माथि अन्याय भएको पिडित सरार्फले कालिका टाईम्ससंग बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...