Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सामा जेठ २० सम्म थपियाे निषेधाज्ञा, खाद्य बस्तुका पसलहरु विहान ८ बजे सम्म मात्र खुल्ने

spot_img
spot_img

वीरगंज । पर्सामा जारी निषेधाज्ञा फेरी एक सत्ता थप  भएकाे छ ।  जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बुधबार बसेकाे बैठककाे निर्णय अनुसार जेठ १३ गते राती १२ बजे सम्म जारी निषेधाज्ञा जेठ २० गते राती १२ बजे सम्मकाे लागि थप गरिएकाे हाे ।

विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिने बैठककाे निर्णय समेतका आधारमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जिल्ला भरी निषेधाज्ञाकाे अवधि थप गरिएकाे जनाएका छन् । 

कोही कसैले जारी निषेधाज्ञाकाे आदेशकाे बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत जानकारी गराईएकाे छ ।

थप गरिएकाे निषेधाज्ञा अवधिमा औषधी उपचार एवं आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाईने छैन ।

विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १० जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ ।

यस्तै खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन गर्न पाइने छैन । दैनिक खाद्य वस्तुका पसलहरु विहान ८:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाईने छ । तर सो समयको अतिरिक्त  तरकारी, फलफूल, पानी, दुघ तथा दुधजन्य पदार्थ लगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा नपर्ने प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा जनाइएकाे छ ।

यस्तै महत्वपूर्ण  विकास निर्माणका आयोजनासँग सम्बन्धित कर्मचारी/जनशक्तिले जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन मात्र प्रयोगमा ल्याउन सकिने छ ।

अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नु पर्ने छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ATM लगायतका विद्युत्तीय कारोबारमा जोड दिने । कार्यालयमा कूल कर्मचारीको एक चौथाई कर्मचारी मात्र उपस्थित भई अति जरुरी सेवा प्रदान गर्न आदेश गरिएकाे छ ।

वीरगंजका नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...