Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नारायणीमा चिकित्सकहरुको जिम्मेवारी हेरफेर पछि खैलाबैला

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल वीरगंजमा चिकित्सकहरुकाे जिम्मेवारी हेरफेर भएपछि गुटगत राजनिति हुन थालेकाे छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा‍. संजय ठाकुरकाे सरुवा भएपछि निमित मेडिकल सुपरिटेन्डेन्ट(मेसु) काे जिम्मेवारी पाएका डा. बिरेन्द्र प्रधानले चिकित्सकहरुकाे जिम्मेवारी हेरफेर गरेपछि राजनिति हुन थालेकाे हाे ।

दाेस्राे चरणकाे काेराेना महामारीकाे समयमा अस्पतालकाे मेसु डा. ठाकुरले काेराेना नियन्त्रण र राेकथामकाे लागि प्रभावकारी काम गर्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उनकाे सरुवा गरि निमिति मेसुकाे जिम्मेवारी डा. प्रधानलाई दिएकाे थियाे ।

त्यपछि नयाँ मेसुकाे जिम्मेवारी पाएका डा. प्रधानले अस्पतालकाे व्यवस्थापन सुधार गर्न र काेराेना संक्रमितकाे उपचारलाई व्यस्थित गर्न विभिन्न चिकित्सकहरुकाे जिम्मेवारी हेरफेर गरेका छन् । साेही क्रमममा मेसु डा. प्रधानले काेभिड संयाेजक डा. सराेज राेशन दासकाे जिम्मेवारी डा. उदयनारायण सिंहलाई दिएका छन् । डा. दासलाई काेभिड फाेकल फर्सनकाे जिम्मेवारी दिइएकाे छ । 

मेसु डा. प्रधानले अस्पताललाई व्यवस्थित गर्न चिकित्सकहरुकाे जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट केही अस्पतालका चिकित्सक र कर्मचारीहरुले गुटगत राजनिति गर्न थालेका छन् । अहिले महामारी र संकटकाे समयमा जुन सुकै जिम्मेवारीमा भएपनि काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणमा सहयाेग गर्नु पर्नेमा उनीहरुले सेनियर र जुनियर चिकित्सकाे बहाना बनाउँदै गुटगत राजनिति गर्न थालेका हुन् ।

जबकी काेभिड संयाेजककाे जिम्मेवारी पाएका डा. सिंहसंग ९ बर्षकाे अनुभव छ । उनी नारायणी अस्पतालका ८ औं तहका स्थायी चिकित्सक हुन् । उनी गत बर्षकाे काेराेना महामारीकाे समयमा नारायण अस्पतालकाे काेभिड संयाेजक भएर प्रभावकारी काम गरेका थिए ।

उनी काेराेना राेकथाम तथा नियन्त्रणमा राम्राे भुमिका निर्वाह गरे वापत प्रधान सेनापती र मुख्यमन्त्रीबाट पुरस्कृत भएकाे चितिक्सक हुन् ।  

तर जिम्मेवारी खाेसिएका डा. दास नारायणी अस्पतालका अस्थायी (दुई बर्षे करार) चिकित्सक हुन् । उनीसंग ६ महिनाकाे मात्र अनुभव रहेकाे छ । उनले नारायणी अस्पतालकाे काेभिड संयाेजककाे जिम्मेवारीमा रहेकाे बेला काेराेना राेकथाम तथा नियन्त्रणमा खासै प्रभावकारी काम देखिएकाे थिएन ।

गत बर्ष भन्दा यस बर्ष काेराेना संक्रमितकाे मृत्यु दर पनि बढी देखिएकाे छ भने नारायणी अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे निकाे हुने दर एकदम न्युन रहेकाे छ ।

नयाँ मेसुकाे जिम्मेवारी डा. प्रधान पाएपछि बिस्तारै सुधार हुँदै गएकाे छ । अस्पतालले गराएकाे जानकारी अनुसार संक्रमितकाे मृत्यु दर कम हुनुकाे साथै निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ । असन्तुष्ट केही चिकित्स तथा कर्मचारीहरुले गुटगत राजनिति गर्न थालेपछि अस्पतालकाे काेराेना राेकथाम तथा नियन्त्रणकाे प्रभावकारी कार्यन्वयन प्रभावित हुने देखिएकाे छ ।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मेसुले आफ्नाे अनुकुल जिम्मेवारी हेरफेर गर्नुलाई सकरात्मक रुपमा लिनु पर्ने वताउँछन् । जुन सुकै अस्पताल वा कार्यालय प्रमुखले आफु अनकुल जिम्मेवारी हेरफेर गर्न सक्ने उनले वताए ।

मेयर सरावगीले गत बर्षकाे काेराेना कालमा राम्राे र प्रभावकारी भुमिका निर्वाह गरेका डा. सिंहले फेरी काेभिड संयाेजककाे जिम्मेवारी पाउनुलाई सकरात्म रुपमा लिनु पर्ने प्रतिक्रिया दिए ।

नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले चिकित्सकाे जिम्मेवारी हेरफेर समान्य बात भएकाे वताए । उनले जिम्मेवारी जाे काेहीले पाए पनि अहिलेकाे समयमा काम महत्वपूर्ण भएकाे वताए ।

काेभिड एक्सन टिम (क्याट) का सदस्य समेत रहेका सचिव पटेलले काेभिड संयाेजककाे जिम्मेवारी पाएका डा. सिंहले गत बर्षकाे काेराेनाकालमा गरेकाे कामकाे प्रशंसा गर्दै अहिलेकाे भ्यावह अवस्थामा पुुन: जिम्मेवारी पाउन महत्वपूर्ण भएकाे प्रतिक्रिया दिए ।  

यता पछिल्लो पटक काेर्डिनेटर र निमित्त मेसुको कार्यभार सम्भालेका र हाल जिम्मेवारी खाेसिएका डा. इनामुल हक अख्तियारमा मुद्दा खेपि रहेका चिकित्सक हुन् । उनीमाथी अख्तियारमा बिचाराधिन मुद्दाहरु छन ।

उनले चिकित्सकमाथी हातपात गरेका कारण तत्कालीन प्रजिअ आस्मान तामाङले लिखित मफिनामा गराउँदै एक पल्टको लागि माफी समेत गरेका थिए । निज मेसु हुँदा अस्पतालमा हिनामिना गर्ने केहि कर्मचारीहरु पुन: सक्रिय हुँदै अस्पतालमा अनावश्यक राजनीति गर्ने गरेका कारण अस्पतालका कर्मचारी तथा चिकित्सक चिन्ता जनाएका छन् । सो कर्मचारीहरु मध्ये केहीले राजनिती दलको आडमा काम गरेको बुझिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...