Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

नेता चाैरसियाले निषेधाज्ञामा प्रभावितलाई बाँडे राहत

spot_img
spot_img

वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिकाका युवा नेता मधुसुदन चौरसियाले निषेधाज्ञा प्रभावित अति गरिव तथा विपन्न परिवारलाई राहत वितरण गरेका छन् । 

नेता चौरसियाले विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ स्थित बटसौरा गाउँमा राहत वितरण गरेका हुन् । उनले बट्सौराका गरिब, विपन्न तथा निषेधाज्ञाबाट बढी प्रभावित २८ घर परिवारलाई राहतस्वरुप चामल, आलु, सोयाबिन, नुन लगायतका सामाग्री वितरण गरेका हुन् ।

नेता चाैरसिया निषेधाज्ञामा प्रभावितहरुकाे घर मै पुगेर राहत स्वरुप खाद्या सामग्री सहयाेग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाका कारण प्रभावित भएका गरिब, अतिविपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको उनले बताए । 

गाउँपालिकाका जनप्रतिनिधिले नियमित ज्यालामजदुरी गरेर जिवन निर्वाह गरिरहेका गरिब तथा विपन्न नागरिकको अवस्थाबारे कुनै चाँसो नदेखाएपछि गाउँको जिम्मेवार युवाको नाताले आफै अघि सरेको चौरसियाले बताए । 

उनले भने, ‘निषेधाज्ञा जारी गरेको आज २६ दिन भयो । तर पनि स्थानीय सरकारले कुनै चासो दिएन । यहाँ धेरै जनताहरुको अवस्था एकदमै चिन्ताजनक देखेपछि थोरै भएपनि उनिहरुलाई राहत दिने कार्यको शुरुवात गरेको छु ।’ 

जिल्लाभर निषेधाज्ञा लागेपनि सङ्घ संस्थाहरुले शहरी क्षेत्रमा मात्र राहत वितरण र भोजन अभियान सञ्चालन गरेको उनले गुनासो गरे । उनले सङ्घ संस्थाहरुको सहयोग वीरगञ्ज केन्द्रित हुँदा ग्रामिण क्षेत्रका जनता भोकभोकै मर्ने अवस्था सृजना भएको बताए ।

राहत वितरणका लागि समाजसेवी शैलेन्द्र शर्माले सहयोग गरेकाे उनले जानकारी दिए । 

वितरणमा नेपाल सुशासन अभियानका दिलावर मियाँ पमरिया, सद्धाम हुसैन, सोहेल अख्तर लगायतले सहयोग गरेको अभियानका जहीर आलमले बताए ।

निषेधाज्ञाबाट प्रभावितहरुलाई राहतस्वरुप खाद्य सामाग्री वितरणलाई निरन्तरता दिने चौरसीयाकाे याेजना छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...

जगरनाथपुर गाउँपालिकाले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने

वीरगंज । रसुवा र नुवाकोटमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग...

‘८४ मा महिला पहिला’ विषयमा प्यानल छलफल गर्दै मध्य नेपालकाे ११औँ वार्षिकोत्सव सम्पन्न

वीरगंज । वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको...