Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026

खोप खरिदका लागि वीरगन्ज महानगरपालिकाद्वारा अनुमति माग

spot_img
spot_img

वीरगंज । सरकारले सबै नागरिकलाई सहज रुपमा खोप उपलब्ध गराउन नसकेपछि वीरगंज महानगरपालिकाले खोप खरिदको अनुमति माग गरेको छ ।

स्थानीय सरकारको हैसियतमा पहिलो पटक कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको वीरगंज महागनरपालिकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिदका लागि अनुमति मागेको हाे ।

कोरोना भाइरसले विभिन्न स्वरुप परिवर्तन हुँदै आएको र पहिलो भन्दा दोश्रो खतरनाक, दोश्रो भन्दा तेश्रो झन खतरनानक भाईरस भएको वैज्ञानिकहरुले समेत चेतावनी दिएको अवस्थामा स्वरुप परिवर्तन भईरहने भारसको अन्त्य कहिले हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनले पनि भन्न सकेको अवस्थामा अहिले खोपको प्रभावकारिता देखिएकोले खोप खरिद गर्न लागिएको महानगर प्रमुख सरावगीको भनाई छ ।

खोप लगाएकाहरुमा मृत्युदर पनि कम देखिएकोले अहिले वीरगंजमा काेराेना संक्रमणको दोश्रो लहरमा धमाधम मृतक संख्या बढीरहनु चिन्ताको विषय भएको भन्दै यसलाई रोक्न सक्ने खोप नै उचित देखिएकोले खोप खरिद गर्न लागिएको उनले बताए ।

कोरोना संक्रमणले नागरिकले अकालमा ज्यान गुमाउनु परिरहेको अवस्थामा सरकारले खोप किन्ने प्रकृयामा नगएर र दाताहरुसँग लिने र विचौलियाहरुसँग अल्झिने मात्रै काम गरेको तथा निःशुल्क दिने दाताहरुको मात्रै खोजी रहेकोले अहिले धेरै नागरिकले ज्यान गुमानउनु परेको तितो यथार्थ देखिएकोले महानगरपालिकाले आफैले खोप खरिद गरेर महानगरवासीको जीवन रक्षा गर्न तयार रहेको नगर प्रमुख सरावगीले बताए ।

खोप उपलब्ध कसरी हुन्छ भन्ने विषयमा उनले भने, “नेपाल सरकारले अनुमति दिएको खोप खरिद गर्ने हो । वीरगंज जम्मिएर हुर्किएका र अहिले विदेशमा रहेका व्यक्तिहरुको सम्पर्कमा त्यहाँका खोप कम्पनी तथा आपूर्तिकर्ताहरुसँगको सम्वन्वयमा खोपको व्यावस्था गरेर सरकारले जुन प्रकृयाबाट ल्याउने हो । त्यहि च्यानल र प्रकृयाबाट नै ल्याउने हो ।’

खोप उत्पादन गर्ने देशमा कम्पनीहरुले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उनको भनाइ छ ।

महानगरपालिकाले नेपाल सरकारले तोकेको नियम अनुसार नै खोप खरिद र प्रयोग गर्ने उनले बताए । आमजनताको जीवन रक्षाका लागि खोप मात्र कोभिड विरुद्धको लडाई जित्न सक्ने अस्त्र बनेको र कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति मागगरिएको महानगर प्रमुख सरावगीले वताए ।

उनका अनुसार अमेरिकी कम्पनी फाईजर र रसियन खोप स्पुतनिक–५ खोप राम्रो छ । सरकारले अनुमति दिए मगाएर नगरबासीलाई लगाउने नगर प्रमुख सरावगीले बताए । उनले भने, ’खोपले नागरिक बचाउन सकिन्छ भने ५/७ करोड खर्च गरेर खोप आउँछ, किन खर्च नगर्ने ? भनेर अनुमति मागेका हौं ।’

समुदाय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा लक्षणसहितका संक्रमित बढी देखिएको छ । अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै छ । अस्पतालमा आईसीयू, भेन्टिलेटरको अभाव देखिएको छ । सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्फबाट भएका प्रयास ठोस प्रभावकारी हुननसकेको भन्दै महानगरले स्वास्थ्यमन्त्रालयमा खोप खरिदको अनुमित माग गर्दै पत्र पठाएको हाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...