Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

बहुदरमाईले न्युन तलबमा कार्यरत कर्मचारीहरुलाई यस बर्ष पनि दियाे प्राेत्साहन भत्ता

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले न्यून तलबमा कार्यकरत कर्मचारीहरुलाई वितरण गर्दै आएकाे प्रोत्साहन भत्ता यस बर्ष पनि निरन्तरता दिएकाे छ ।

नगरपालिका अन्तर्गतका ६६ जना न्यून तलबमा कार्यरत कर्मचारीहरुको प्रोतोसाहन स्वरुप मासिक रु २ हजारकाे दरले ६ महिनाको रु ६ लाख ७५ हजार सम्बन्धित कर्मचारीहरुकाे खातामा पठाइएकाे लेखापाल हरि प्रसाद कुर्मीले वताए । 

नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयहरुमा बालबालिका सहजकर्ता २९ जना, विद्यालय कर्मचारी २८ जना, महिला स्वयसेविका ९ जना गरी कुल ६६ जना न्यून तलबमा कार्यरत रहेका छन् । जसकाे मासिक तलब रु ६ हजार देखी ८ हजार सम्म रहेकाे छ ।

उनीहरुलाई नै नगरपालिकाले थप मासिक रु २ हजारकाे दरले प्राेत्साहन भत्ताकाे रुपमा दिदै आएकाे छ । 

न्युन तलबमा कार्यररत कर्मचारीकाे मनाेबल उच्च राख्न प्राेत्साहन भत्ता प्रदान गर्दै आइएकाे नगरपालिकाका मेयर नितेन्द्र साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...