Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

बहुदरमाईले न्युन तलबमा कार्यरत कर्मचारीहरुलाई यस बर्ष पनि दियाे प्राेत्साहन भत्ता

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले न्यून तलबमा कार्यकरत कर्मचारीहरुलाई वितरण गर्दै आएकाे प्रोत्साहन भत्ता यस बर्ष पनि निरन्तरता दिएकाे छ ।

नगरपालिका अन्तर्गतका ६६ जना न्यून तलबमा कार्यरत कर्मचारीहरुको प्रोतोसाहन स्वरुप मासिक रु २ हजारकाे दरले ६ महिनाको रु ६ लाख ७५ हजार सम्बन्धित कर्मचारीहरुकाे खातामा पठाइएकाे लेखापाल हरि प्रसाद कुर्मीले वताए । 

नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयहरुमा बालबालिका सहजकर्ता २९ जना, विद्यालय कर्मचारी २८ जना, महिला स्वयसेविका ९ जना गरी कुल ६६ जना न्यून तलबमा कार्यरत रहेका छन् । जसकाे मासिक तलब रु ६ हजार देखी ८ हजार सम्म रहेकाे छ ।

उनीहरुलाई नै नगरपालिकाले थप मासिक रु २ हजारकाे दरले प्राेत्साहन भत्ताकाे रुपमा दिदै आएकाे छ । 

न्युन तलबमा कार्यररत कर्मचारीकाे मनाेबल उच्च राख्न प्राेत्साहन भत्ता प्रदान गर्दै आइएकाे नगरपालिकाका मेयर नितेन्द्र साहले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...