Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन

spot_img
spot_img

वीरगंज । संसद विघटनकाे विरुद्धमा वीरगंजमा आइतबार सांझ राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकाे पुत्ला दहन गरिएकाे छ ।

नेकपा माओबादी केन्द्र निकटका विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) वीरगंजकाे श्रीपुरस्थित राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन गरेकाे हाे । अखिल (क्रान्तिकारी) काे केन्द्रिय सर्कुलर अनुसार जिल्ला संगठनले पुत्ला दहन गरिएकाे जनाएकाे छ ।

राष्ट्रपति र प्रधानमन्त्रीकाे प्रतिगामी कदम विरुद्ध केन्द्रिय सर्कुलर अनुसार राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन गरिएकाे अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य एवम् पर्सा इन्चार्ज जुबेर आलमले वताए ।

विद्यार्थी नेताहरुले दुबै जनाकाे पुत्लता उल्टाे झुन्डयाएर श्रीपुरस्थित विच सडकमा जलाएकाे थियाे । 

पुत्ला दहन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयाेजक प्रभाकर गुप्ता, वीरगंज महानग संयाेजक विवेक साह, नेता मिराेज अहमद, दिलसाद अहमद, रविन्द्र गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...