Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

बहुदरमाई नपाले वीरगंजमा अस्थायी काेभिड अस्पताल संचालन गर्ने

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले काेराेना संक्रमितकाे उपचारकाे लागि सदरमुकाम वीरगंजमा अस्थायी काेभिड अस्पताल संचालन गर्ने निर्णय गरेकाे छ ।

नगर प्रमुख नितेन्द्र साहकाे अध्यक्षमा शनिबार बसेकाे नगर कार्यपालिकाकाे बैठकले जिल्लाकाे सदरमुकाम वीरगंजस्थित हाेटल अथवा धर्मशालामा अस्थायी काेभिड अस्पताल संचालन गर्ने निर्णय गरेकाे हाे ।

यस्तै बैठकले नगरपालिका क्षेत्र भित्रका काेराेना संक्रमितहरुलाई निज निवास अथवा हाेम आइशाेलेसनबाट वीरगंजस्थित काेभिड अस्पताल सम्म पुर्याउन निशुल्क रुपमा एम्बुलेन्सकाे व्यस्था गर्ने निर्णय गरेकाे छ । साेकाे लागि हेल्पलाईन टेलिफाेन नम्बरहरु समेत सार्वजनिक गर्ने बैठककाे निर्णय छ ।

यस्तै, बैठकले नगरपालिकाले व्यस्थापन गरेकाे काभिड अस्पताल वाहेककाे अन्य अस्पतालमा उपचारकाे लागि भर्ना भएका संक्रमितहरुलाई उपचारमा खर्चकाे बिल, भर्पाई र अस्पतालबाट डिस्चार्ज भएकाे प्रमाणकाे आधारमा स्थानिय तह व्यवस्थापन काेषबाट एकमुस्ट रु १५ हजार दिने निर्णय गरेकाे नगरपालिकाका लेखापाल हरि प्रसाद कुर्मीले वताए ।

यसका साथै बैठकले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे आन्तरिक व्यवस्थापन शाखाकाे मिति २०७८ बैशाख २२ गतेकाे पत्र अनुसार एवम् जिल्ला प्रशासन कार्यालयकाे विभिन्न मितिकाे पत्र अनुसार नगरपालिकामा काेराेना भाइरस संक्रमण सम्बन्धि माईकिङ्ग लगायत अन्य विधुतिय सहायताहरुकाे प्रयाेग गर्ने र संभावित लक्षण देखिएका बिरामीहरुकाे स्वाब संकलन गरी परिक्षणकाे व्यवस्था नगरपालिकाले मिलाउने समेत निर्णय गरेकाे लेखापाल कुर्मीले जानकारी दिए ।

बैठकमा नगर उप प्रमुख गायत्री देबी, निमित प्रमुख प्रशासकिय अधिकृत बिदुर उप्रेती, वडाध्यक्ष जितेन्द्र पटेल, रामेश्वर प्रसाद साह, केदारनाथ तिवारी, रविन्द्र कुमार गुप्ता, लेखा प्रमुख उपेन्द्र साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...