Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

रेल्वे कटेजद्वारा दाेस्राे दिन पनि नि:शुल्क खाना बितरण

spot_img
spot_img

वीरगंज । रेल्वे कटेज वीरगंजले आज निषेधाज्ञामा प्रभावितहरुलाई दाेस्राे दिन पनि नि:शुल्क खाना वितरण गरेकाे छ ।

कटेजले निषेधाज्ञामा संचालन गरेकाे नि:शुल्क खाना वितरण अभियान अन्तर्गत शुक्रबार दाेस्राे दिन १५० जनालाई खाना वितरण गरिएकाे अभियानका संरक्षक ओमप्रकाश सर्राफले वताए ।

शुक्रबार बिहानैदेखि लगातार पानी परे पनि अभियान अन्तर्गत वीरगंजकाे विभिन्न क्षेत्रमा भेटिएका गरिब र विपन्नलाई खाना वितरण गरिएकाे उनले जानकारी दिए ।

वीरगंजमा जारी निषेधाज्ञाले प्रभावित गरिब, निमुखा, अलपत्र परेका यात्रु, सडक मानव तथा अस्पतालमा बिरामीका कुरुवाहरुलाई कटेजले बिहिबारदेखी नि:शुल्क भोजन गर्दै आएकाे छ । बिहिबार कटेजले दुई सय जनालाई  खाना वितरण गरेकाे थियाे ।

रवि गुप्ताकाे नेतित्वमा जारी अभियानका स्वयंसेवकहरु सन्जय पटेल, राहुल राैनियार, पवन सरार्फ, सिवम पटेल, किशु सर्राफ, संदिप नेपाल लगायतकाले खाना वितरण गर्दै आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...