Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

महानगरपालिकाद्वारा एक सय बेडकाे काेभिड अस्पताल संचालन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले आजदेखी एक सय बेडको अस्थायी कोभिड अस्पताल र एक सय बेडको आइशोलेसन संचालनमा ल्याएकाे छ । 

वीरगंजकाे घडिअर्वास्थित गाेपालमण्डली धर्मशालामा संचालनमा आएकाे काेभिड अस्थायी अस्पताल र आइशाेलेसनकाे महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उद्घाटन गरेका छन् ।

अक्सिजनसहितकाे एकसय वेड क्षमताकाे काेभिड अस्थायी अस्पतालमा वीरगन्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की आज पहिलाे संक्रमितकाे रुपमा भर्ना समेत भएकी छन् । उनी तीनदिन अघि काेभिड संक्रमित भएकी थिइन ।

महानगरपालिकाकाे काेभिड अस्पताल उद्घाटन लगत्तै उनलाई भर्ना गरिएकाे वीरगंज महानगरपालिका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटाले वताए ।

गोपाल मण्डलीमा एकसय बेड सामान्य लक्षण भएका संक्रमितहरुको लागि कोभिड अस्पताल र लक्षण नदेखिएका संक्रमितको लागि एकसय बेड आईशोलेसन संचालनमा आएकाे मेयर सरावगीले वताए ।

यसैबीच वीरगंज महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन पनि शुरु गरेकाे छ ।

अस्पतालमा गएर परीक्षण गर्दा संक्रमणको सम्भावना उच्च हुने भएकाले र परीक्षणको दायरा फराकिलो पार्न वडा वडाबाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुक्रबारदेखी सुरु गरिएकाे मेयर सरावगीले वताए ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १० मा स्वास्थ्य महाशाखाको घुम्ती टोलीले स्वाब संकलन गर्ने कार्यकाे सुरु गरेकाे महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण कुमार महतोले बताए ।

नारायणी अस्पतालमा संक्रमितको चाप बढेकोले महानगरपालिकाले पनि स्वाब संकलन लामो समय पछि गर्न लागेकाे उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...