Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

निषेधाज्ञाकाे उलंघन गर्दै संचालन गरिएकाे तालिम विराेध पछि स्थगित

spot_img
spot_img

वीरगंज । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा राेकथामकाे लागि लगाइएकाे निषेधाज्ञाधाज्ञाकाे प्रशासनबाट नै अवहेलना भएकाे पाइएकाे छ ।

निषेधाज्ञाको समयमा जनगणना सम्बन्धी सुपरिक्षकहरुकाे भेला गरी तालिम संचालन भएकाे भेटिएपछि गएकाे पत्रकारहरुकाे एक टाेलीले सो तालिम स्थगित गराएको छ । बीरगंजको सिद्धार्थ इन्टरनेशल कलेजमा आयोजित तालिमलाई संचारकर्मीहरुको टोलीले कोरोना संक्रमणको बेला १ सय ५६ भन्दा बढी मानिस भेला गरेर सामाजिक दुरी समेत कायम नगरी तालिम गराईएको भन्दै विरोध जनाएपछि आयोजकले तालिम स्थगित गर्न बाध्य भएको थियो ।

संचारकर्मीहरुले निषेधाज्ञाको उल्लंघन गरी तालिम गरिएको भन्दै घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी एवं प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई जानकारी गराएपछि तालिम स्थगित भएको थियो ।

तालिममा सहभागि हुन पर्साको ठोरी देखि १४ वटै पालिकाका महिला, पुरुषहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई निषेधाज्ञाको समयमा नआएमा करार नियुक्ती बदर गरी दिने चेतावनी दिएको कारण आफूहरु बाध्य भएर आएको सहभागितहरुले बताए ।

तथ्यांक कार्यालयका प्रमुख केशव ज्ञवालीले गृह मन्त्रालयको आदेशमा आफूले तालिम संचालन गरेको बताउँदै आफूले तालिम नरोक्ने अडान लिएपछि संचारकर्मीहरुले माथिल्लो निकायलाई जानकारी गराउँदै तत्काल तालिम रोक्न चेतावनी दिएका थिए ।

विवाहमा १५ जना भन्दा बढीलाई सहभागि हुन नदिने प्रशासनले १ सय ५६ जनालाई सानो कोठामा कोचेर संक्रमणको बेला तालिम लिन बाध्य गराईएको हुँदा तालिम दिने संस्थाका प्रमुखलाई कारवाही गर्न स्वम् सहभागिहरुले माग गरेका छन् ।

यस अघि पनि सुपरिवेक्षककाे स्वर्ट लिष्टमा परेकाहरुलाई जानकारी नै नगराई अन्तर्वता संचालन गरी सुपरिवेक्षक छनाैट गरिएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...