Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

हातहतियार तथा लागु औषध कारोबारी गिरोहका एक प्रहरी जवानसहित ८ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले हातहतियार तथा लागु औषध काराेबारी गिराेहका ८ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं.५ निवासी वर्ष २५ को राजु रानामगर, रौतहट जिल्ला सखुहवा नगरपालिका वडा नं १ घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान वर्ष २९ को अवधेश प्रसाद यादव, वीरगंज महानगरपालिका वडा नं.१२ मुर्ली निवासी वर्ष ४३ को लालबाबु सिंह, साेही ठाउँ निवासी वर्ष ३५ को श्यामबाबु कुशवाहा, वर्ष ४२ को अरविन्द प्रसाद गुप्ता, वर्ष ४२ को कुँवर सिंह, विरगंज महानगरपालिका वडा नं‍. १५ निवासी बर्ष २४ को नन्दन सिंह र साेही ठाउँ निवासी वर्ष ३१ को रोशन सिंह रहेका छन् ।

सूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा बैशाख ८ गते सांझ ६ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित शंकराचार्यगेटमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका पैदलयात्री मकवानपुरकाे मनहरी गाउँपालिका वडा नं.५ निवासी राजु रानामगरलाई पक्राउ गरी निजको साथबाट SUNMICA लेखेको स्वचालित पेस्तोल थान-१ र म्याग्जिन थान-२ बरामद गरेकाे थियाे ।

प्रहरीका अनुसार उनलाई हिरासतमा राखी हातहतियार मुद्दामा अनुसन्धानको क्रममा निज तथा हाल यकिन ठेगाना नखुलेको काठमाण्डौतिर बस्दै आएका अर्का लागु औषध कारोबारी राम प्रजापतिले बैशाख ८ गते नै दिउँसो भारतको रक्सौलबाट मुस्तफा भन्ने व्यक्तिसँग २ वटा पेस्तोल नेरू एक लाख ५० हजारमा खरिद गरेको र सो मध्येको पेस्तोल थान -१, म्याग्जिन थान २ तथा लागु औषध डाइजिपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फिनार्गन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल, निट्राभेट १२ सय ट्याब्लेट ल्याई वीरगंज बसपार्कमा रहेको मनकामना गेष्ट हाउसको कोठा नम्बर १०५ मा बसेको थियाे । 

पक्राउ परेकाहरुले उक्त पेस्तोल र लागु औषध लुटपाट गर्ने योजना बनाई ४ बजेको समयमा होटलको कोठाभित्र प्रवेश गरी उक्त लागू औषधहरू, हतियार (पेस्तोल थान १ र म्याग्जिन थान २), मोवाईल फोन सेट थान-४, राम प्रजापतिको दुबै कानमा रहेको सुनको मुन्द्रा थान २ र नगद रू. ७ हजार लुटपाट गरेको खुल्न आएकोले निजहरूलाई बैशाख १० गते वीरगंज महानगरपालिकाकाे विभिन्न स्थानबाट नियन्त्रणमा लिई पेस्तोल थान २, म्याग्जिन थान ४, सुनको मुन्द्रा अंदाजी आधा तोला थान २, नगद रू. ७ हजार, लागु औषध (डाइजिपाम, नुर्फिन र फेनार्गन-१००-१०० एम्पुल गरी ३०० एम्पुल), १२ सय पिस निट्राभेट ट्याब्लेट समेत बरामद गरी लागु औषध, हातहतियार तथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

अनुसन्धानकाे क्रममा पक्राउ परेका व्यक्तिहरूले काठमाण्डौ तथा विभिन्न स्थानबाट लागु औषध तथा हातहतियार खरिद गर्न आउने व्यक्तिहरूलाई भारतको रक्सौल लगी सम्बन्धित कारोबारीहरूसँग सम्पर्क गराई खरिद गराउने, ओसारपसार गर्न सहयोग गरी कमिशन लिने तथा पछि पुन: निजहरूलाई नै योजना बनाई लागू औषध, हातहतियार लगायत अन्य धनमालहरू समेत लुटपाट गरी पुन: भारत तथा अन्य कारोवारीहरुलाई विक्रि वितरण गर्न लगायतका आपराधिक कार्यमा पहिलेदेखि नै संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

 यस सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको समेत उनले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रियाशील युवा पत्रकार मञ्चद्वारा वीरगंजमा रक्तदान, ३ महिला सहित ६० जनाले गरे रक्तदान

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित रक्तदान कार्यक्रम शनिबार वीरगंजकाे घण्टाघरमा सम्पन्न भएको छ । कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेको...

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...