Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बहुर्वाभाठ्ठमा आगलगीः ऋण लिएको रु ५ लाख नगद र थ्रेसर जल्यो

spot_img
spot_img

वीरगंज  ।  पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वाभाठ्ठामा शनिबार आगलगी भएको छ । आगलगीमा परि ३ जनाको दुई वटा घर पूर्ण रुपले जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

स्थानीय बनु पासवान, हिरालाल पासवान र मोतिलाल पासवानको घर जलेको प्रहरी चौकी बहुअर्वाभाठ्ठाले जनाएको छ । बनु र हिरालाल भाई हुन । दुबै जना एउटै घरमा बस्दै आएका थिए । आगलगीले बनुको घरमा रहेको नगद रु ५ लाख, रु ३ लाख २० हजार मूल्य पर्ने थ्रेसर, गरगहना धान चामल, कपडालत्ता लगायतको समाग्री जलेर नष्ट भएको हो ।

आगलगीमा बनुले वीरगंजस्थित एक बैंकबाट ऋण निकालेर घरमा राखेको नगद रु ५ लाखसमेत जलेर नष्ट भएको पिडितले जनाएका छन् । यस्तै आगलगीले मोतिलाल पासवानको घरमा रहेको धान, चामल, कपडा लत्ता लगायतको सामग्री जलेर नष्ट भएको हो । आगलगीले रु १५ लाखभन्दा बढिको क्षति भएको पिडितहरुले जनाएका छन् ।

सुरुमा बनुको घरमा आगलगी भएका कारण उनको धेरै क्षति भएको हो । वीरगंज महानगरपालिकाबाट पुगेको दुई वटा दमकल, पोखरिया नगरपालिकाबाट पुगेको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलगी हुनुको स्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...