Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

जिल्ला प्रशासन कार्यालय पर्सामा आप्रवासी श्रोत केन्द्रको स्थापना

spot_img
spot_img

वीरगंज । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउने उद्देश्यले सुरक्षित आप्रवाशन परियोजना (सामी) पर्सामा पनि शुरु भएको छ । परियोजना अन्तर्गत सुरक्षित बैदेशिक रोजगारको लागि आप्रवासी श्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय पर्सामा स्थापना गरिएको छ ।

वीरगंज महानगरपालिका, हेल्भेटास नेपाल र दिब्य युवा क्लबको आयोजनामा संचालित परियोजना अन्तर्गत स्थापना गरिएको आप्रवासी श्रोत केन्द्रको बुधबार वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उद्घाटन गरेका छन् ।

आप्रवासी श्रोत केन्द्रको उद्घाटन गर्दै मेयर सरावगीले बैदेशिक रोजगारीमा जाने व्यक्तिलाई कसरी सुरक्षित पठाउन सकिन्छ त्यही नै परियोजनाको मुख्य विषय भएको वताए । उनले स्थापना गरिएको केन्द्र मार्फत बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई प्ररामर्श दिएर सुरक्षित बनाउनु र बैदेशिक रोजगारी मर्यादित बनाउने परियोजनाको मुख्य काम भएकाे वताए ।

मेयर सरावगीले परियोजनालाई पर्सा जिल्लाको १४ औं स्थानिय तहमा विस्तार गरि संचालन गर्नु पर्नेमा जोड दिए । त्यसको लागि र परियोजना निरन्तरताको लागि आफुले समेत पहल गर्ने मेयर सरावगीको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई जानु अघि कानुनी व्यवस्थाको बारेमा जानकारी गराउन जरुरी रहेको वताए । उनले अब देखी बैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई केन्द्रमार्फत परामर्श दिएपछि पासपोर्ट बनाउने काम गरिने वताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, हेल्भेटासका प्रदेश नं. २ का परियाेजना संयाेजक विजय ठाकुर, कार्यक्रम अधिकृत शिवचरण प्रसाद रौनियार, भिएसो नेपालका रबिन्द्र कुमाल, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन जयनारायण चौधरीले गरेका थिए ।

नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना (सामी–तेस्रो चरण) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ ।

यस परियोजना अन्तर्गतका कार्यक्रम ३९ जिल्लाका १५६ स्थानीय तहहरुमा सञ्चालित छन् । परियोजनाको समय सिमा २०७५ भाद्र ३१ देखि २०७९ असार ३१ सम्म रहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छन् ।

पर्सामा परियाेजना संचालनकाे लागि परामर्श सेवा दिव्य युवा क्लबले दिइरहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...