Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महानगरको ब्यानर सगरमाथामा, महानगरवासी गौरवान्वित

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको ब्यानर लिएर सगरमाथा आरोहण गर्न गएका पर्साको ठोरी गाउँपालिकका वडा नम्बर ५ बस्ने हरेराम खड्का सगरमाथाको ६ हजार एकसय १९ मिटर उचाईसम्म पुगेका छन् ।

सर्बोच्च शिखर सगरमाथा आरोहण गर्न गएका खड्कालाई वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले माहानगरबाट दुई लाख पचास हजार आर्थिक सहयोगसहित महानगरपािलकाको ब्यानर दिएर बिदाई गरेका थिए ।

मंगलबार सांझ सम्मको यात्रामा खड्काले सगरमाथाको ६ हजार एक सय १९ मिटर उच्चाइको लबुचे भन्ने ठाँउसम्म पुगेका थिए । उनले लबुचेबाट फोटो खिचेर महानगरपालिकाका प्रमुख सरावगीलाई समेत पठाएका छन् ।

नेपालको दक्षीण सिमनाको समथल भू–भागबाट उत्तरी सीमाना सर्वोच शिखर सगरमाथामा महानगरपालिकको व्यानर फहराउन पाउँदा महानगरवासी गौरवान्वित भएको मेयर सरावगीले बताए ।

सगरमाथा आरोहणमा रहनुभएका खड्काले मंगलबार सम्म ६ हजार एकसय १९ मिटरको उचाई पूरा गरेको फोटो प्राप्त भएपछि अन्त्यन्त खुशी लागेको मेयर सरावगीले बताए ।

खड्काले संसारकै सबैभन्दा उच्च भागमा महानगरको ब्यानर पु¥याएर संसारमा चिनाउन समेत सफल हुने विश्वास सरावगीले व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...