Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज महानगरको ब्यानर सगरमाथामा, महानगरवासी गौरवान्वित

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको ब्यानर लिएर सगरमाथा आरोहण गर्न गएका पर्साको ठोरी गाउँपालिकका वडा नम्बर ५ बस्ने हरेराम खड्का सगरमाथाको ६ हजार एकसय १९ मिटर उचाईसम्म पुगेका छन् ।

सर्बोच्च शिखर सगरमाथा आरोहण गर्न गएका खड्कालाई वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले माहानगरबाट दुई लाख पचास हजार आर्थिक सहयोगसहित महानगरपािलकाको ब्यानर दिएर बिदाई गरेका थिए ।

मंगलबार सांझ सम्मको यात्रामा खड्काले सगरमाथाको ६ हजार एक सय १९ मिटर उच्चाइको लबुचे भन्ने ठाँउसम्म पुगेका थिए । उनले लबुचेबाट फोटो खिचेर महानगरपालिकाका प्रमुख सरावगीलाई समेत पठाएका छन् ।

नेपालको दक्षीण सिमनाको समथल भू–भागबाट उत्तरी सीमाना सर्वोच शिखर सगरमाथामा महानगरपालिकको व्यानर फहराउन पाउँदा महानगरवासी गौरवान्वित भएको मेयर सरावगीले बताए ।

सगरमाथा आरोहणमा रहनुभएका खड्काले मंगलबार सम्म ६ हजार एकसय १९ मिटरको उचाई पूरा गरेको फोटो प्राप्त भएपछि अन्त्यन्त खुशी लागेको मेयर सरावगीले बताए ।

खड्काले संसारकै सबैभन्दा उच्च भागमा महानगरको ब्यानर पु¥याएर संसारमा चिनाउन समेत सफल हुने विश्वास सरावगीले व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...