Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

विश्वविद्यालय स्थापनामा सकारात्मक सहयोग रहन्छ : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । प्रदेश नम्बर २ सरकारले वीरगन्जमा स्थापना गर्न लागेको बिज्ञान तथा प्रविधि बिश्व विद्यालयलाई महानगरले सकारात्मक सहयोग गर्न तत्पर रहेको वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताएका छन् ।

सोमबार ठाकुर राम बहुमुखी क्याम्पसमा प्रदेश २ सरकारको सामाजिक बिकास मन्त्रालयले आयोजना गरेको विश्व विद्यालय स्थापना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी मेयर सरावगीले महानगर मात्रै होईन विश्व विद्यालय स्थापनामा पर्सा जिल्लाले नै सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सामाजिक बिकाश मन्त्री माननीय नवलकिशोर साहको अध्यक्षता र प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मेयर सरावगीले महानगर हुनका लागि आवश्यक मापदण्ड मध्य विश्व विद्यालय पनि एक रहेकोले यसको तत्काल स्थापनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

वीरगंज पथलैया औद्योगिक करिडोर भएकोले पनि यहाँ विज्ञान प्रविधि विश्वविद्यालयको भविष्य र संभावना उच्च रहेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...