Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजका नगर प्रहरी र अग्नी नियन्त्रकलाई क्षमता अभिवृद्धि तालिम

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले नगर प्रहरी र अग्नी नियन्त्रकलाई विपद प्रतिकार्य सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।

महानगरपालिकाको सहकार्यमा नेपाली सेनाको चण्डी प्रसाद गण र प्रदेश नम्बर २ बिपद ब्यवस्थापन गणद्वारा वीरगंज महानगरपालिकामा चार दिने बिपद प्रतिकार्य सम्बन्धि क्षमता अभिबृद्धि तालिम शुरु भएको हो ।

तालिमको वीरगंज महानगरपालिकका नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका थिए । विपदका समयमा महानगरको प्रहरीलाई सक्रिय बनाउनका लागि क्षमता अभिवृद्धि तालिमको आवश्यकता भएकोले तालिम दिईएको महानगर प्रमुख सरावगीले बताए ।

उनले महानगरक्षेत्रमा आईपर्ने विभिन्न विपदका घटनाहरुमा तत्काल पुगेर नियन्त्रणमा लिन र उद्दार गर्न तालिमको आवश्यकता महशुस गरेर नगर प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।

नेपाली सेना र प्रदेश २ विपद व्यावस्थापन गणका प्रशिक्षकहरुले ९ जना नगर प्रहरी र ९ जना अग्नी नियन्त्रक गरी १८ जनालाई विपद प्रतिकार्य सम्बन्धी तालिम दिईरहेका छन् ।

तालिमको उद्घाटन सत्रमा पर्साका सहायक प्रमुख जिल्ला अधिकार ध्रुव गिरी, नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति मदनजंग राणा, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक टिका पोखरेल, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कडेँल लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...