Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजका नगर प्रहरी र अग्नी नियन्त्रकलाई क्षमता अभिवृद्धि तालिम

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले नगर प्रहरी र अग्नी नियन्त्रकलाई विपद प्रतिकार्य सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।

महानगरपालिकाको सहकार्यमा नेपाली सेनाको चण्डी प्रसाद गण र प्रदेश नम्बर २ बिपद ब्यवस्थापन गणद्वारा वीरगंज महानगरपालिकामा चार दिने बिपद प्रतिकार्य सम्बन्धि क्षमता अभिबृद्धि तालिम शुरु भएको हो ।

तालिमको वीरगंज महानगरपालिकका नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका थिए । विपदका समयमा महानगरको प्रहरीलाई सक्रिय बनाउनका लागि क्षमता अभिवृद्धि तालिमको आवश्यकता भएकोले तालिम दिईएको महानगर प्रमुख सरावगीले बताए ।

उनले महानगरक्षेत्रमा आईपर्ने विभिन्न विपदका घटनाहरुमा तत्काल पुगेर नियन्त्रणमा लिन र उद्दार गर्न तालिमको आवश्यकता महशुस गरेर नगर प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।

नेपाली सेना र प्रदेश २ विपद व्यावस्थापन गणका प्रशिक्षकहरुले ९ जना नगर प्रहरी र ९ जना अग्नी नियन्त्रक गरी १८ जनालाई विपद प्रतिकार्य सम्बन्धी तालिम दिईरहेका छन् ।

तालिमको उद्घाटन सत्रमा पर्साका सहायक प्रमुख जिल्ला अधिकार ध्रुव गिरी, नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति मदनजंग राणा, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक टिका पोखरेल, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कडेँल लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...