Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजबाट चोरीको मोटरसाईकलसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट चाेरीकाे माेटरसाइकल सहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी बसपार्कबाट खटीएको प्रहरी टोलीले आइतबार विहान ०२:०० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित चालीस फिटे सडक खण्डबाट बाराकाे फेटा गाउँपालिका वडा नं.६ हाल वीरगंज महानगरपालिकाकाे वडा नं.१३ मा डेरा लिई बस्दै आएको बर्ष २० को रेयाज मियाँ ठकुराईलाई नियन्त्रणमा लिएकाे हाे ।

शनिबार राती ९ बजेको समयमा बीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थितघरको कम्पाउण्ड भित्र पार्किङ गरी राखिएको अवस्थाबाट साेही ठाउँ बस्ने बर्ष २८ को बिशाल साहको नाममा दर्ता रहेको चेसिसनं. ZBNL29007LBB44419 र ईन्जिन नं. BJ157FMJA92021310 भएको प्रदेश नं.२-०३-००७ नम्बरको सेतोमा रातो रंगको टिएनटी १५० सिसिको मोटरसाइकल चोरी भएको थियाे ।

साे माेटरसाइकल खोजतलास तथा अनुसन्धानको क्रममा पक्राउ परेका ठकुराईले उक्त घरको कम्पाउण्ड भित्र प्रवेश गरी माेटरसाइकलकाे लक फुटाई लिई जादै गरेको अवस्थामा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ठकुराईमाथी चोरी सम्बन्धी कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...