Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कार्यालयहरुमा स्वास्थ्य सुरक्षा अपनाउन उच्च अदालतकाे आदेश

spot_img
spot_img

वीरगंज । उच्च अदालत जनकपुर अस्थाई ईजलास बीरगंजले कोभिड महामारीको अवस्थालाई ध्यानमा राखि कार्यालयहरुमा मास्क बिना प्रवेश निषेध गर्न, अनावश्यक भिडभाड कम गर्नका लागी गेटपास लगायतको ब्यवस्था गर्न, कार्यालयहरुको कर्मचारी तथा सेवाग्राहीहरुको लगी उचित साबुन पानी तथा भौतिक दुरी कायम गर्नको लागी उचित प्रबन्ध मिलाउन उच्च अदालतको अस्थाई बीरगंजका रजिष्ट्रार तथा पर्सा बारा र रौतहट जिल्ला अदालतको श्रेस्तेदारको नाँउमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

यसैगरि जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला संकट ब्यवस्थापन केन्द्र तथा सम्बन्धित पालिकाहरुले आफ्ना मातहतमा रहेका सार्वजनिक स्थलमा साबुन पानीको ब्यवस्था गर्न र पी.सी.आर. टेस्टको उचित ब्यवस्था गर्न समेत आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुरको अस्थाई ईजलास बीरगंजका न्यायाधिश अन्जु उप्रेती ढकालको एकल ईजलासले सो अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागी यही बैशाख १३ गते दुबैपक्षलाई छलफलका लागी बोलाएको छ ।

अधिवक्ता प्रमोद प्रसादले जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, उच्च अदालत बीरगंज ईजलासका रजिष्ट्रार, पर्सा बारा रौतहट जिल्ला अदालतका श्रेस्तेदार मालपोत कार्यलय पर्सा लगायत १२ जनालाई बिपक्षी बनाई दायर गर्नु भएको रिट निवेदनमा आइतबार सुनुवाई गर्दै अदालतले सो अन्तरिम आदेश जारी गरेको हो । 

पेशीमा निवेदक लगायत बरिष्ठ अधिवक्ताद्वय ईन्द्रदेव प्रसाद चौधरी, मनमोहन तिमिलसिना, अधिवक्ताहरु शिव कोईराला, सुधिर कुमार कर्ण, रामनारायण प्रसाद कुर्मी, शैलेन्द्र चौरसिया, बिशाल चौधरी तथा हरिहर साह लगायतले बहस गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...