Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

तीन जना फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगंज ।  बारा प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ६ निवासी धुमन साह सोनार, साेही उपमहानगरपालिका वडा नं.९ निवासी असलम देवान र सुवर्ण गाउँपालिका वडा नं.८  निवासी नेपाली खाँ पैठान भन्ने आजाद खाँ पैठानलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

फैसला कार्यान्वयनको सिलसिलमा बारा जिल्ला अदालतको मिति २०७६/०३/२७ गतेको फैसला आदेशले कुटपिट अंगभंग मुद्दामा कैद तथा जरिवाना लागि फरार रहेका साेनार र देवानलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

अदालतले साेनारलाई  ४ बर्ष कैद, रु ४० हजार जरिवाना र देवानलाई ६ महिना कैद, रु ५ हजार जरिवाना ताेकेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।

बिहिबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले निजहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतकाे आदेशानुसार निज प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको उनले जानकारी दिए ।

त्यसैगरी, बारा जिल्ला अदालतमा बिचाराधिन रहेको ठगी मुद्दाका प्रतिवादी पैठानलाई शुक्रबार पक्राउ गरी बारा जिल्ला अदालतमा दाखिला गरिएको प्रवक्ता मिश्रले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...