Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सामा थप ५० जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप ५० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार गरिएकाे परिक्षणमा पर्साका ५० जना सहित थप ५७ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

शुक्रबार साँझ आएको रिपोर्ट अनुसार ९४ जनाको स्वाब परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा पर्साका ५० जना, बाराका ४ जना र रौतहटका ३ जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा ३७ जना पुरुष र २० जना महिला रहेका छन् भने उनीहरुको उमेर समूह १२ देखि ७२ वर्षसम्म रहेको नारायणी अस्पतालका काेभिड संयाेजक डा. सरोज रोशन दासले जानकारी दिए ।

उनका अनुसार ८ जना संक्रमितहरुको स्वास्थ्य अवस्था खराब रहेकोले उनीहरुलाई नारायणी अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । संक्रमण पुष्टि हुनेहरुको सिटी भ्यालु १४ देखि ३५.६ रहेको छ ।

संक्रमित हुनेहरु पर्साकाे छिपरहरमाई गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिका, बहुदरमाई नगरपालिकाका एक/एक जना र अन्य वीरगंज महानगरपालिकाकाे विभिन्न वडाका रहेका छन् ।

संक्रमितकाे संख्या बढ्दै

पर्सामा दिन प्रतिदिन संक्रमितहरुको संख्या बढ्दै गइरहेको बुझ्न सकिन्छ । शंकास्पद व्यक्तिहरुको मात्रै पीसीआर परीक्षण गर्दा ४० देखि ६० प्रतिशतको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ भने पीसीआर परीक्षणको दायरा बढाउने हो भने झन बढी संक्रमितहरु फेला पर्न सक्ने अवस्था छ ।

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई होम आइसोलेशनमा राख्ने व्यवस्था गरिएको कारण पनि समाज स्तरमा कोरोना फैलिन सक्ने अवस्था सिर्जना भएको छ । हालसम्म पर्सा जिल्लामा ३ हजार ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ हजार १ सय ९९ जना संक्रमितहरु निको भइसकेका छन् ।

यसैगरि पर्सा जिल्लामा हालसम्म कोरोनाबाट ५८ जनाको मृत्यु भइसकेको छ भने १६४ जना होम आइसोलेशनमा छन् । होम आइसोलेशनमा बस्नेहरुमध्ये १ सय पुरुष र ६४ जना महिला रहेका छन् ।

यसैगरि नेपाल भारत सीमा क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई भइरहेको चेकजाँचको क्रममा करिब ३ हजार ५ सयको भारतीय नागरिकहरुको साधारण परीक्षण गरिएको छ भने ३ सय ९० जनाको एन्टिजेन परीक्षण गरिएको छ । जसमा १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...