Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

स्राेत नखुलेकाे आठ लाख नगदसहित वीरगंजका फकिर पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा आठ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी ४८ वर्षीय जोखन साह फकिर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१६ नगवास्थित बाबा होटल अगाडि सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ८ लाख नगद बरामद गरि उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार गएराति करिब २ बजेको समयमा साइकलमा चढी हिँडिरहेको अवस्थामा निजलाई रोकेर चेकजाँच गर्दा फकिरको साथबाट उक्त परिमाणको रकमसहित नियन्त्रणमा लिइएको बताए ।

बरामद गरिएको नगदसहित फकिरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...