Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

होटेल व्यवसायी संघद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित

spot_img
spot_img
वीरगंज । हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले साेमबार एक कार्यक्रमका बिच वीरगंज उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेकाे छ ।
 
संघले वीरगंजकाे कुमु हाेटलमा आयाेजना गरेकाे कार्यक्रममा वीरगंज उद्याेग वाणिज्य संघ र नेपाल पत्रकार महासंघमा निर्वाचित सम्पूर्णलाई सम्मान गरिएकाे थियाे । वीरगंज उद्याेग वाणिज्य संघकाे अध्यक्षमा निर्वाचित सुबाेध गुप्तासहितकाे सम्पूर्ण कार्य समिति र नेपाल पत्रकार महासंघकाे केेन्द्रिय सचिवमा निर्वाचित दिपेन्द्र चाैहान, पत्रकार महासंघ प्रदेश नं. २ काे महासचिवमा निर्वाचित श्याम बन्जारा लगायतकालाई सम्मान गरिएकाे थियाे ।
 
यस्तै, नेपाल पत्रकार महासंघमा पर्सा शाखाकाे अध्यक्षमा निर्वाचित उनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, सह सचिव जितेन्द्र साह, काेषाध्यक्ष संजिव मिश्रा, सदस्यहरु अजय चाैरसिया, नरेश सर्राफ, अमित अग्रवाल, श्याम कुशवाहा, रस्मी राज भण्डारी लगायतकालाई पनि सम्मान गरिएकाे थियाे ।
 
यस्तै, महासंघकाे केन्द्रिय परिषदमा निर्वाचित महेश चन्द्र गाैतम, प्रदेश परिषद सदस्यमा निर्वाचित रामनारायण कुर्मी, कृष्ण कुमार खनाल, प्रणय कुमार साह, शिवशंकर साह, प्रकाश तिवारी लगायतकालाई पनि गमछा ओढाएर फुलकाे माल र अबिरकाे टिका लगाएर सम्मान गरिएकाे थियाे ।   
 
हाेटल तथा पर्यटन व्यसायी संघका अध्यक्ष हरि पन्तकाे अध्यक्षता र संविधान सभा सदस्य एवम् हाेटल तथा पर्यटन व्यवसायी संघका संरक्षक अनिल रुङ्गटाकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिरगंज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, चन्डी गणका गणपति मदन जङ् राणा, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, हाेटल व्यवसायीका सल्लाहकार पशुपति बिक्रम शाह, उषा शाह लगायतकाको सहभागीता रहेको थियो ।
 
स्वागत मन्तव्य शेखर चौधरीले राखेकाे कार्यक्रमकाे सन्चालन निरज पिठाकोटे मगरले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...