Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सरावगीको कल्याणकारी कोषबाट आर्थिक सहयोग

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आफ्नो कल्याणकारी कोषबाट एक जेहेन्दार छात्रालाई आर्थिक सहयोग गरेका छन् ।

मेयर सरावगीले सिद्धार्थ माध्यामिक विद्यालयकाे कक्षा ८ मा अध्ययनरत छात्रा कुलसुम खातुनलाई सहयाेग रकम २५ हजारको चेक बिहिबार हस्तान्तरण गरेका हुन् । उनले महानगरपालिकाकाे कार्यालय मै छात्रा खातुनलाई बाेलाएर साे रकम बराबरकाे चेक हस्तान्तरण गरेका थिए । 

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सवैठवा निवासी खातुनलाई जेहेन्दार विद्यार्थी भएकोले रकम उपलब्ध गराएको मेयर सरावगीले बताए । महानगरपालिकाबाट आउने पारिश्रमिक बापतको रकम जम्मा हुने मेयर कल्याणकारी कोषबाट उक्त रकम सहयोग मेयर सरावगीले गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

बिहेकाे लागि आर्थिक सहयाेग

यस्तै, मेयर सरावगीले आफ्नो तलबभत्ताबाट संचालित मेयर कल्याणकारी कोषबाट एक जना छाेरीकाे बिहेकाे लागि पनि आर्थिक सहयाेग गरेका छन् ।  नाम र ठेगाना गाेप्य राखिएकाे छाेरीकाे बेहेबारीको लागि रु पचिस हजारकाे चेक मेयर सरावगीले  हस्तान्तरण गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...