Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

बिन्दवासिनीमा बिधुतकाे तारले आगलगी, गेहुँ बाली जलेर नष्ट

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ इटियाहीमा ११ हजार भोल्टको बिधुत लाईनको तार चुहिएर आगलगी हुँदा ३ कठ्ठामा लगाइएको गेहुबाली जलेर नष्ट भएको छ ।

बुधबार बिहान १०:३० बजेको समयमा अचानक बिधुतलाईनको तार चुहिएर आगलगी हुँदा स्थानिय प्रेम चौरसियाको गेहुबालीमा जलेर नष्ठ भएकाे हाे ।

आगो सल्केर लगातार बढीरहेको अवस्थामा स्थानियहरु देखेपछि होहल्ला गर्दा सशस्त्र प्रहरी बेस क्याम्प अमरपटी ईटियाहीका टोली पुगी नियन्त्रणमा लिएको प्रहरी चौकी प्रसौनी भाठ्ठाका ईन्चार्ज सई रामपदार्थ साहले बताए ।

आगो नियन्त्रणमा आउँदा ५० बिगहा भन्दा बढी गेहु बाली जोगिन सफल भएको स्थानिय प्रसौनी भाठ्ठा निवासी वकिल राउत गद्दीले वताए । नेपाल बिधुत प्राधिकरणबाट बितरित लाईनको तारहरु धेरै पुरानो र टुटन सम्म पुगेको तर फेर्न नसकेका कारण प्राय धेरै ठाउँमा चुहेर आगो लाग्ने गरेको स्थानियहरुकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ : ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम...

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

वीरगंज । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ...