Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

छिपहरमाईमा डिजे बजाउने विषयमा विवाद हुँदा झडप, २ जना घाइते

spot_img
spot_img

वीरगंज ।  पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ झलमैयामा डिजे बजाउने विषयमा विवाद हुँदा २ जना घाइते भएका छन् । चर्काे आवाजमा भोजपुरी अस्लिल गीत बजाई नाचगान गर्दै भिडभाड गरेको अवस्थामा विवाद हुँदा सोही ठाउँका अजय साह कानु र ललन साह घाइते भएका हुन् ।

स्थानीय राजेश यादब, सितलाल यादव, जलेन्धर यादब लगायतको समूहले शनिवार राति साढे १० बजे तिर चर्काे आवाजमा डिजे बजाउँदा अजय साह कानु र ललन साहले आवाज कम गर्न आग्रह गर्दा विवाद उत्पन्न भएको थियाे ।

निजहरुले आवाज कम नगर्ने र डिजे बन्द नगर्ने अडान लिएपछि उत्पन्न विवादको क्रममा झडप समेत भएको थियो । झडपमा घाइते भएका कानुको टाउको, खुट्टा तथा छातीमा चोट लागेको छ भने साहको टाउको, आँखा, खुट्टामा चोट लागेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...