Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गृहिणीहरुको क्षमता विकासलाई प्रोत्साहन गर्न जरुरी छ : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले चुलाचौकामा मात्रै सीमित रहेका गृहिणी महिलाहरुको क्षमता विकास जरुरी रहेको बताएका छन् ।

वीरगंज महानगरपालिका स्तरीय बजेटबाट वडा नम्बर ६ मा आयोजना गरिएको गृहिणीहरुको क्षमता विकास र बजारीकरण विषयक तालिमको शुक्रबार उद्घाटन गर्दै मेयर सरावगीले गृहिणीलाई भान्सामा मात्रै सीमित राख्ने समाजको मानसिकतालाई परिवर्तन गरेर उनीहरुको क्षमता विकासलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

२१ औं शताब्दीमा लैंगिक विभेद गर्न नहुने बताउदै उनले महिला महिलाबीचमा हुने भेदभावलाई पनि अन्त्य गर्न आवश्यक रहेको बताए ।

उनले घरभित्रैको काममा मात्रै गृहिणी महिलाहरुलाई सीमित नराखेर उनीहरुको क्षमता विकास गर्न सके र बजारीकरण गर्न सकेमा उनीहरुले घर मै बसेर उत्पादन गरेका वस्तुहरुको समेत बजारीकरण भए आर्थिक रुपमा सवल हुने बताए ।

महिला जागरण समाजको आयोजना तथा वीरगंज महानगरपालिकाको सहयोगमा आयोजित तालिममा वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीनाथ नेपाल, मिन्टु सिंह लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...