Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

चोरीको मोटरसाईकलसहित तिन जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले चाेरीकाे माेटरसाइकलसहित ३ जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ११ निवासी २१ बर्षिय दिपक महताे, साेही ठाउँ निवासी १९ बर्षिय रबिन्द्र महताे र पाेखरिया नगरपालिकाकाे वडा नं. १ निवासी सुरेश प्रसाद राैनियारलाई पक्राउ गरेकाे हाे ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बुधबार ५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१३ स्थितबाट तिनै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उनीहरु चलाई ल्याएको चेचिस नं. MD2A37FX8LCE88147 ईन्जिन नं. JLXCLE61264 भएको नम्बर प्लेट नभएको रातो कालो रंगको एनएस २०० सिसिकाे प्लसर मोटरसाईकल रोकी जाँच गर्दा मोटरसाईकलको बिलबुक नरहेको हुँदा उक्त मोटरसाईकल बरामद गरी निजहरुलाई नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाले वताए । 

त्यसपछि प्रारम्भिक अनुसन्धान गर्दा उक्त मो.सा.चोरी गरी ल्याएको खुल्न आएकोले निजहरुलाई बिहिबार पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...