Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.१८ निवासी ३८ बर्षिय शिवलाल महतो धानुक रहेकाे प्रहरीले जनाएकाे छ ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शंकरआचार्य गेटबाट बुधबार सांझ ५:४५ बजे धानुकलाई पक्राउ गरेकाे हाे । 

भारतको रक्सौलबाट वीरगंजतर्फ साईकलमा आइरहेका महताेमाथि शंका लागी शरीर रीतपूर्वक खानतलासी गर्दा निजले लगाएको कालो हाफ ज्याकेटको खल्तीबाट लागु औषध ब्राउन सुगर अं.२५ (पचीस) ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त लागु औषध ब्राउन सुगर र साईकलसहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धि कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...