Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

क्षयरोग दिवसकाे अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले बुधबार क्षयरोग विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले  महामारीको रुप लिएको कोरोना जस्तै क्षयरोग पनि खतनारक भएकोले उपचार समय मै गर्नुपर्ने बताए ।

उनले विशेषगरी गरिब विपन्न समुदायमा यस्ता रोगको जोखिम बढी हुने भएकोले यसको न्युनिकरणका लागि जनचेतना आवश्यक रहेको बताए । क्षयरोगको सरकारले निःशुल्क उपचार गर्ने भएकोले आफूलाई क्षयरोग छ कि छैन भनेर चेकजाँच गराएर स्वस्थ रहनपनि उनले महानगरवासीहरुलाई सुझाव दिए ।

महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत अरुण महतोको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिका भरीका स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

हेल्थ डेस्क निर्माणका लागि जग्गाको निरक्षण

यसैबीच महानगरपालिकाले कोरोना संक्रमण फैलिन नदिनका लागि सीमामा हेल्थ डेस्कको स्थापनाका लागि जिल्लास्थित सुरक्षा अधिकारी सहितको टोलीले निरीक्षण गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयमा प्रिफ्याबको हेल्थ डेस्क निर्माणका लागि जग्गाको निरक्षण गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का सहितको टोलीले हेल्थ डेस्क स्थापनाको लागि जग्गाको निरीक्षण गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...