Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

क्षयरोग दिवसकाे अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले बुधबार क्षयरोग विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले  महामारीको रुप लिएको कोरोना जस्तै क्षयरोग पनि खतनारक भएकोले उपचार समय मै गर्नुपर्ने बताए ।

उनले विशेषगरी गरिब विपन्न समुदायमा यस्ता रोगको जोखिम बढी हुने भएकोले यसको न्युनिकरणका लागि जनचेतना आवश्यक रहेको बताए । क्षयरोगको सरकारले निःशुल्क उपचार गर्ने भएकोले आफूलाई क्षयरोग छ कि छैन भनेर चेकजाँच गराएर स्वस्थ रहनपनि उनले महानगरवासीहरुलाई सुझाव दिए ।

महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत अरुण महतोको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिका भरीका स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

हेल्थ डेस्क निर्माणका लागि जग्गाको निरक्षण

यसैबीच महानगरपालिकाले कोरोना संक्रमण फैलिन नदिनका लागि सीमामा हेल्थ डेस्कको स्थापनाका लागि जिल्लास्थित सुरक्षा अधिकारी सहितको टोलीले निरीक्षण गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयमा प्रिफ्याबको हेल्थ डेस्क निर्माणका लागि जग्गाको निरक्षण गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का सहितको टोलीले हेल्थ डेस्क स्थापनाको लागि जग्गाको निरीक्षण गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...

सिमराकी तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणका १० प्रतिवादी रिहा

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा आरोपित १० जना अदालतको आदेशपछि रिहा भएका छन्। बारा जिल्ला अदालतले प्रोग्रेश (पुरग्रेश) चौधरीलाई...

बालेन सरकार बनेदेखि मौलापुरमा तीन हाकिम फेरिए, सेवा प्रवाहदेखि विकास निर्माणसम्म प्रभावित

वीरगंज । रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापालविहीन बनेपछि नगरपालिकाको सेवा प्रवाहदेखि विकास निर्माणसम्मका काम प्रभावित भएका छन् । नगरपालिकाको बैंक खाता...