Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सरावगीद्वारा क्यूआर कोडबाट तरकारी खरिदको शुभारम्भ

spot_img
spot_img

वीरगंज । वीरगंजकाे मीनाबजारमा अब क्यूआर कोड मार्फत पनि तरकारी खरिद गर्न पाईने भएको छ ।

माछापुच्छे बैंकले बुधबार मीनाबजारमा डिजिटल प्रविधि मार्फत कारोबारका लागि फलफूल तरकारी ब्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले क्युआर कोड वितरण गरेका थिए । मेयर सरावगी आफैले पहिलो ग्राहक बनेर क्युआर कोड प्रयोग गरि सामान खरिद गरी क्यूआर कोडको उदघाटन समेत गरेका थिए ।

साे अवसरमा उनले सूचना प्रविधिको विकासलाई सही ढंगबाट प्रयोग गर्न सके समय र सुरक्षा दुवैमा फाईदा हुने बताए ।

वीरगंजकाे तरकारी तथा फलफूल बजारको मुख्य केन्द्र मीना बजारमा नगद रहित कारोबार गर्नका लागि क्यूआर कोडको माध्यमबाट कारोबार गर्ने सुविधा उपलब्ध गराएको माछापुच्छे« बैंकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...