Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

तरकारी बजार व्यावस्थापनमा महानगर सहयोग गर्छ : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले किसानले उत्पादन गरेको तरकारीको बजारीकरणका लागि बजार व्यावस्थापन महानगरपालिकाले गर्ने बताएका छन् ।

महानगरपालिकाको कृषि शाखाद्वारा आयोजित तीन दिने व्यावसायिक तरकारी खेती तालिमको समापन समारोहमा बोल्दै मेयर सरावगीले किसानहरुको आर्थिक स्तर वृद्धिको लागि माहानगरले ब्यवस्थित बजारको व्यावस्थापन र किसानहरुको सहुलियतको लागि किसान कार्डको व्यावस्था गर्ने पनि आश्वासन दिए ।

आगामी दिनमा किसानहरुले किसान कार्डबाट अनुदानमा पाउने बीउ र मल समयमा र सहुलियत दरमा पाउने उनले वताए ।कार्यक्रममा तालिममा सहभागी ३५ जना किसानहरुलाई विभिन्न कृषि सामग्रीहरु समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, बरिष्ठ जनस्वास्थ्य प्रशासक अरुण महतो, कृषि शाखाकी प्रमुख उर्मिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...